२२ असार २०८३, सोमबार

तथ्यांक संकलनमा छुटेका मुक्तहलियाका लागि कार्यक्रम अघि बढाइने : मुख्यमन्त्री भट्ट

फागुन १२, २०७६
तथ्यांक संकलनमा छुटेका मुक्तहलियाका लागि कार्यक्रम अघि बढाइने : मुख्यमन्त्री भट्ट
फाइल फोटो

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्यांक संकलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताएका छन् ।

धनगढीमा सोमवार आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको दशौं नियमित वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्यांक संकलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत संकलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढंगले गरिने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए । ‘एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन्,’ उनले भने । उनले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण  अघि बढाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्