दिल्ली हिंसामा मर्नेको संख्या १८ पुग्यो

नागरिकता संशोधन कानूनको पक्ष र विपक्षमा दिल्लीमा भइरहेका विरोध प्रदर्शन हिंस्रक बनेपछि मर्नेको संख्या १८ पुगेको छ । 

२०० भन्दा बढी मानिस घाइते भएका छन् । 


Advertisement

गुरु तेग बहादुर अस्पतालका एमडी सुनिल कुमार गौतमले १८ जनाको मृत्युको पुष्टि गरे । 

स्थितिको जाँचबुझका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल मंगलवार अबेर राति हिंसा प्रभावित क्षेत्रमा पुगे । 


Advertisement

हिंसा चल्दै गर्दा घाइतेहरूलाई अस्पताल लग्नका लागि एम्बुलेन्समाथि पनि भीडले आक्रमण गर्ने जोखिम छ । त्यसैले सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूको एक संस्थाले दिल्ली उच्च अदालतमा निवेदन दिँदै प्रहरी सुरक्षाको माग गरे । राति नै त्यसमा सुनुवाइ गर्दै अदालतले दिल्ली प्रहरीलाई मुस्तफाबादका अस्पतालहरूमा भर्ना भएका सबै घाइतेलाई नजिकैका राम्रा अस्पतालमा लग्न आदेश दियो ।

दिल्ली हिंसाका कारण भारतमा रहेका मुसलमानहरूमा चिन्ता उत्पन्न भइरहेको विपक्षी दल कांग्रेसको भनाइ छ । सरकारले यो कानून फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्