०२ साउन २०८३, शनिबार

चीनका लागि नेपाली राजदूत पौड्याललाई फिर्ता बोलाउने सरकारको निर्णय

फागुन १८, २०७६
चीनका लागि नेपाली राजदूत पौड्याललाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले उनलाई १५ दिनभित्र  चीनको राजधानी बेइजिङबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

पूर्वमुख्यसचिव पौड्याललाई ०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको थियो।

सरकारले पाैड्याललाई फिर्ता बाेलाएर पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गर्ने निर्णय समेत गरेकाे छ।

ओलीले अघिल्लाे पटक सरकार हाँक्दा नै पाण्डेलाई चीनका लागि नेपाली राजदूत बनाउन खाेजेका थिए। उनी नेतृत्वको सरकारले पाण्डेलाई राजदूतमा सिफारिस समेत गरेकाे थियाे।

तर, ओली सरकार ढलेपछि कांग्रेस-माओवादी केन्द्रको समीकरण बन्याे। र, नयाँ सरकारले उक्त सिफारिस रद्द गर्दै पौड्याललाई सिफारिस गरेको थियो। 

अहिले नेकपा नेतृत्वको सरकार छ। नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात गठन भएको पार्टी हो। ओलीले प्रधानमन्त्री सम्हालेको २ वर्ष पुगेपछि फेरि पाण्डेलाई नै राजदूत सिफारिस गरेका हुन्।

आइतबारको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले पाण्डेको नाम चीनका लागि नेपाली राजदूतमा प्रस्ताव गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्