
प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
दोस्रोपटक किड्नी ट्रान्सप्लान्टका लागि अस्पताल भर्ना हुनुभन्दा केही समयअघि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
'मेरो प्रिय साथी केपीशर्मा ओलीजी, मैले तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्छु, राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनका लागि भगवान पशुपतिनाथको आशिर्वाद प्राप्त होस्,' मोदीले आफ्नो ट्वीटमा भनेका छन् ।
मोदीले अगाडि लेखेका छन्– 'नेपाल भारत सम्बन्धमा नयाँ उचाइ प्राप्त गर्न तपाईंको निरन्तर योगदानको अपेक्षा पनि गर्दछु ।'
प्रधानमन्त्री ओली आजै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछन् ।
आगामी बुधवार किड्नी ट्रान्सप्लान्ट गर्ने तयारी रहेको कुरा ओलीले आइतवार बसेको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए ।