
बलिउड अभिनेत्री दीपिका पादुकोण फेसन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन औधि रुचाउँछिन् ।
झन् विदेशमा आयोजना हुने यस्ता कार्यक्रम त उनको विशेष प्राथमिकतामा पर्ने गर्छ । तर फ्रान्सको राजधानी पेरिसमा आयोजना भइरहेको पेरिस फेसन विकमा सहभागी हुने कार्यक्रम भने रद्द गरेकी छिन् ।
कोरोना भाइरस प्रकोपबाट विश्व नै त्रसित भइरहेको अवस्थामा दीपिकाले पनि त्यसबाट त्रसित हुँदै आफ्नो फ्रान्स यात्रा रद्द गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
फेसन ब्रान्ड लुई वितोको निमन्त्रणामा फ्रान्स प्रस्थान गर्ने तयारी गर्दैगर्दा अचानक उनले आफ्नो कार्यक्रम रद्द गरेकी हुन् ।
उनको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा फ्रान्समा कोरोना भाइरस फैलिइरहेका कारण उनको कार्यक्रम रद्द गरिएको जनाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।