२२ असार २०८३, सोमबार

सरकारले भन्यो– 'मास्कको उत्पादन र आपूर्ति बढाउँछौं'

फागुन २२, २०७६
सरकारले भन्यो– 'मास्कको उत्पादन र आपूर्ति बढाउँछौं'
बनेपा नगरपालिका–१३ साँगास्थित ‘क्लिन सिटी प्रा.लि’मा सर्जिकल मास्क निर्माण गर्दै कामदार । तस्वीर : रासस

कोरोना भाइरसको सन्त्रासका बीच बजारमा मास्कको हाहाकार भएपछि सरकारले मास्कको आपूर्ति र उत्पादन बढाउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले मास्कको उत्पादन र आपूर्ति बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा अहिलेसम्म संक्रमित नभएको र आशंका गरिएकोमा नेगेटिभ रिर्पोट देखिएको जानकारी गराएका हुन् । 

‘कोरोनाको संक्रमणका लागि उच्चस्तरीय बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय गरेका छौं । आधारभूत औषधि अभाव हुन नदिन  छिमेकी मुलुकले औषधि निर्यातमा रोक लगाएकोमा त्यसलाई फुकाउन आग्रह गर्ने र अन्य आपूर्तिमा कृत्रिम अभाव हुन नदिन पहल गर्ने निर्णय गरेका छौं । मास्कको आपूर्ति बढाउने र थप मास्क उत्पादन गर्न निजी क्षेत्रलाई समेत आह्वान गर्ने निर्णय गरेका छौं,’ मन्त्री खतिवडाले भने । 

salt training

कमेन्ट गर्नुहोस्