
हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजकी सुजना लोहनीले जितेकी छन। आइतबाको खेल सम्पन्न हुँदा उनले सात चरणमा ६ दशमलव ५ अंक जोडिन्।
प्रतियोगितामा काठमाडौँकी सिन्डिरा जोशी ६ अङ्कसाथ दोस्रो भइन् धनुषाकी स्नेहा यादव ५ दशमलव ५ अङ्कसाथ तेस्रो भइन्। उनीहरुले क्रमशः २५ हजार, १५ हजार र आठ हजार पुरस्कार प्राप्त गरे।
काठमाडौँकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौँ भए। उनीहरुले क्रमशः ६ हजार तथा चार हजार पुरस्कार प्राप्त गरे।