×

NMB BANK
NIC ASIA

सुरक्षा चासो

भारतीय सीमामा कोरोनासँगको ‘लडाइँ’ फितलो, हेल्थ डेस्कमा खटिएका कर्मचारी नै त्रसित

फागुन २६, २०७६

NTC
Premier Steels

५ नम्बर प्रदेशसँग सीमा जोडिएका भारतका विभिन्न प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला परेको छ तर नेपाल प्रवेश गर्ने सीमा नाकामा कोराना भाइरसको चेकजाँच गर्ने हेल्थ डेस्क फितलो छन् ।
सीमा नाका सरकारको चासोमा नपर्दा सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन् । 

Muktinath Bank

प्रदेश सरकारले रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको रुपैडिया, दाङको कोइलाबास र पश्चिम  नवलपरासीको महेशपुर नाकामा चेकजाँच गर्ने डेक्स स्थापना गरिएको जनाएको छ तर सबै नाकामा राखिएका हेल्थ डेस्क नाम मात्रैका छन्, प्रभावकारी चेकजाँच छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालकै दोस्रो ठूलो नाका बेलहिया (सुनौली) रुपन्देहीमा पर्छ । नाकामा चेकजाँचमा लापरवाही हुँदा नेपाल–भारत खुलेआम आवतजावत भइरहँदा भाइरस भित्रिने ठूलो जोखिम छ । स्थलमार्ग हुँदै धेरै पर्यटकदेखि नेपाली र भारतीयको आवतजावत यहीँ बेलहिया नाकाबाट हुन्छ ।


Advertisment
Nabil box
Kumari

भारतले तेस्रो देशबाट आएका पर्यटकलाई भारत प्रवेशमा कडाइ गरेको छ । ५ नम्बर प्रदेशको नेपाल–भारत सीमा नाकामा राखिएका हेल्थ डेस्कमा चेकजाँच गर्ने उपकरण, जनशक्ति, क्वारेन्टाइन गर्ने प्रक्रिया प्रभावकारी छैन । रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले नेपालको चेकजाँच प्रभावकारी नभएको बताए ।

Vianet communication

‘ज्वरो नाप्ने उपकरण मात्र छ । कर्मचारीले नै आफूहरू असुरक्षित रहेको महसूस गरेका छन् । चेकजाँच गर्ने ठाउँ वरपर फोहोरले दुर्गन्धित छ,’ उनले भने । तेस्रो मुलुकका पर्यटकलाई भारतले कडाइ गरेपनि अन्य व्यक्तिले खुलेआम आवतजावत गरिरहेको थापाले जानकारी दिए । प्रदेशका ६ वटै तराईका जिल्लामा नेपाल–भारत सीमा नाका छन् ।

सीमा नाकाबाट दैनिक हजारौं मानिस आवतजावत भइरहन्छ । प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले तीनै तहसँग सहकार्य गरेर कोरोनाविरुद्ध लड्ने योजना बनाएको बताए । उनले सरकारले ‘आइसोलेसन’ कक्ष निर्माणलाई पनि प्राथमिकता दिएको बताए ।

अध्यागमन कार्यालय भैरहवाले हालसम्म कुनै कोरानाका बिरामी फेला नपारेको उनले बताए । प्रदेशमा मास्कको चरम अभाव छ । बजारमा मास्क पाइँदैन । कालोबजारी गर्ने व्यापारीलाई सरकारले कारवाही गर्न सकेको छैन ।

८ अस्पतालमा ‘आइसोलेसन’ कक्ष स्थापनाको तयारी

प्रदेश सरकारले सबै ८ अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, देवदह मेडिकल कलेज रुपन्देही, युनिभर्सल मेडिकल कलेज भैरहवा, लुम्बिनी मेडिकल कलेज पाल्पा, युनाइटेड मिसन अस्पताल पाल्पा र भेरी अस्पतालमा आइसोलेन कक्षा स्थापनका लागि सरकारले निर्देशन दिएको छ । शंकास्पद बिरामी भेटिए सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको एम्बुलेन्स प्रयोग गर्ने गरी काम थालिएको मन्त्री बरालले बताए ।

कोरोना संक्रमणबाट सुरक्षित रहन हाटबजार बन्द

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन पश्चिम नवलपरासीमा लाग्ने सबै हाटबजार बन्द गरिएको छ । स्थानीय तहले छुट्टाछुट्टै सूचना निकालेर साप्ताहिक रुपमा लाग्दै आएका हाटबजार सञ्चालन नगर्न निर्देशन दिएपछि बजार बन्द भएका छन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह छन् । 

स्थानीय तहपिच्छे हरेक दिन हाटबजार लाग्दै आएको थियो । एक स्थानीय तहमा फरक–फरक बार पारेर ३ देखि ११ ठाउँसम्म हाटबजार लाग्दै आएको थियो । स्थानीय तहले सूचना निकालेपछि बिहीवारदेखि हाटबजार लाग्न सकेका छैनन् । सूचनाबारे जानकारी नपाएका केही किसान र व्यवसायी हाटबजार पुगेपनि फर्केका छन् ।

स्थानीय तहले निकालेका सूचनामा स–साना पारिवारिक जमघटबाहेक कुनै पनि जात्रा, मेला, महोत्सव, भेला, सभा, सम्मेलन र मानिसको भीड हुने कार्यक्रम नगर्न भनिएको छ । होली पर्व पनि सामूहिक रुपमा जम्मा भएर नखेल्न स्थानीय तहले निकालेको सूचनामा उल्लेख छ ।

कोइलावासमा हेल्थ डेस्कबाट ज्वरो आएका ८ जना फिर्ता

दाङको कोइलावास नाका हुँदै नेपाल भ्रमणमा आउन खोज्ने ८ जना भारतीय नागरिकलाई कोइलावास नाकाबाट फिर्ता पठाइएको छ । स्थलमार्ग हुँदै कोरोना भाइरसको संक्रमण फैलन नदिन कोइलावास नाकामा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दा ८ जनामा ज्वरो बढी आएको पाइएपछि फिर्ता पठाइएको हो ।

३ दिनको अवधिमा ५८४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये पहिलो दिन १ जनामा, दोस्रो दिन ३ जनामा र तेस्रो दिन शनिवार ४ जनामा ज्वरोको मात्रा बढी पाइएपछि नाकाबाट फिर्ता पठाइएको गढवा गाउँपालिकामा रहेको स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले जानकारी दिए । 

गत बिहीवार मात्रै स्वास्थ्य कार्यालय, गढवा गाउँपालिका र कोइलावास स्वास्थ्य चौकीको संयुक्त प्रयासमा हेल्थ डेस्क राखिएको छ । सोही दिन भारत सरकारले समेत कोइलावासमा हेल्थ डेस्क राखेको थियो ।

हात मिलाउने होइन, नमस्कार !

रुपन्देहीका स्थानीय तहले कोरोनाबाट बच्च विभिन्न सचेतना अभियान थालेका छन् । सर्वसाधारणलाई कसैसँग हात नमिलाउन आग्रह गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफूहरूले नगरबासीलाई कसैसँग हात नमिलाउन आग्रह गरिएको बताए । उनले हात मिलाउनुको सट्टा नमस्कार गर्न आग्रह गरिएका पोस्टर पम्पलेट वितरण समेत गरिएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x