३१ असार २०८३, बुधबार

नेपालगञ्जमा ४० शय्याको आइसोलेसन तयार

नेपालगञ्जमा ४० शय्याको आइसोलेसन तयार
सन्दर्भ तस्वीर

विश्ववयापी रूपमा फैलिएको कोभिड १९– को सङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३–३ फिटमा शय्या राखेर ४० शय्या को आइसोलेसन तयार पारिएको छ  ।

लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफूहरूको पहलमा लायन्स डेण्टल अस्पतालमा ४० शय्याको आइसोलेसन तयार पारिएको जानकारी दिए । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर अस्पतालमा ६–६ वटा शय्याका दरले आइसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाउँमा उक्त आइसोलेसन तयार गरिएको हो ।
 
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगञ्ज क्षेत्रमा क्रियाशील रहेका लायन्स क्लब सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।  कोरोनाको सङ्क्रमणबाट जोगाउन लायन्सहरूको सक्रियतामा सीमा क्षेत्रमा हात धुन ५०० लिटरको पानी ट्याङ्की, मोटर र पाइप उपलब्ध गराइएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लबले प्रति क्लबबाट पाँचसय मास्क तथा सचेतनामूलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्