
काठमाडौं, ८ वैशाख - निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । उक्त मतपत्रमा के के होलान चुनाव चिन्ह ? धेरैलाई अचम्म लाग्न सक्छ ।
हसिया हथौडा, रुख, सुर्य त चुनाव चिन्ह हुने नै भए स्वतन्त्र उम्मेदवारको लागि चाहिँ विभिन्न खाले चुनाव चिन्ह निर्माण गरिएको छ । निर्वाचन आयोगले बनाएको नमुना मतपत्रमा भ्यागुतादेखि लसुन सम्मका चुनाव चिन्ह राखिएको छ ।
आयोगले कोट, जुत्ता, फर्सी पनि चुनाव चिन्हमा राखेको छ । साडी पिन समेत चुनाव चिह्नका रुपमा रहेको छ । फुलगोभी, भ्यागुतो, क्यालकुलेटर, जादो, दाह्री काट्ने मेसिन समेत चुनाव चिन्हका रुपमा आएका छन् । लसुन, प्याज, चिया छान्ने भाडो, गुन्द्री, चक्कु, बुट, पिङ, व्याट्री, पानीको ड्रम समेच चुनाव चिन्ह रहेका छन् । आयोगले राखेका चुनाव चिन्हहरु साधारण व्यक्तिले समेत चिन्न सक्नेछ ।