×

NMB BANK
NIC ASIA

सालकमा भेटियो कोरोनासँग मिल्दोजुल्दो भाइरस

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस मानिसहरूमा कसरी फैलियो भन्ने विषयमा संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । 

Muktinath Bank

कोरोना फैलिएपछि चमेरोबाट मानिसमा भाइरस आएको भनियो अनि पछि चाहिँ सालकमाथि शंका गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस सालकमा भेटिएको पुष्टि गरिएको छ । 


Advertisment
Nabil box
Kumari

अध्ययनले अहिलेको महाव्याधिका लागि सालक नै जिम्मेवार रहेको निष्कर्ष चाहिँ निकालेको छैन । तर त्यसमा दिएको संकेतअनुसार अहिलेको कोरोनाभाइरस सालकबाट सरेको हुन सक्ने सम्भावना छ । 

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठनका अनुसार, चमेरो कोरोनाभाइरस सार्स–साओभीको वाहक हुने बढी सम्भावना छ । तर मानिसमा आइपुग्नुअघि यो अन्य कुनै प्रजातिमा पुगेको हुनुपर्छ । अर्थात् चमेरोबाट भाइरस कुनै अर्को जनावरमा पुगेर त्यस जनावरबाट मानिसमा पुगेको हुनुपर्छ । 

सालक विलुप्त हुन लागेको स्तनधारी जनावर हो । यो एसिया र अफ्रिकामा पाइन्छ । 

सालकको व्यापक तस्करी हुने गरेको छ । यसका आठ प्रजातिको व्यावसायिक खरिदबिक्री पूर्ण रूपमा प्रतिबन्धित छ तैपनि यसको तस्करी संसारभरि हुने गरेको छ । 

चीन, भियतनाम र एसियाका केही देशमा यसको मासुको माग छ । कोरोनाको वाहकका रूपमा रहेको सालक खाँदा भाइरस सर्ने सम्भावना व्यापक हुन्छ । त्यसो त सालकलाई उसको खपटाका लागि पनि मार्ने गरिएको छ तर खपटाको सम्पर्कमा आउनु मासु खानुको तुलनामा कम खतरनाक छ । 

चीनमा सालक खानु गैरकानूनी छ तैपनि त्यहाँका रेस्टुराँमा सालकको मासु पाइन्छ । अझ जनवरी २६ सम्म त जिउँलो सालक पनि बजारमा बेचिन्थ्यो । कोरोना फैलिएपछि भने सरकारले जिउँदो जनावर बिक्री गर्ने बजार बन्द गर्ने आदेश दियो । 

नयाँ अनुसन्धानमा पाइएअनुसार, सालकमा पाइएको कोरोनाभाइरसको जिन संरचना अहिले फैलिरहेको भाइरसको जिन संरचनासँग ८८.५ प्रतिशतदेखि ९२.४ प्रतिशतसम्म मिल्छ । 

आफ्नो निष्कर्ष सावधानीपूर्वक प्रस्तुत गर्दै अनुसन्धाताहरूले जिनोममा रहेको समानताले नै सालकले सार्स–सीओभी–२ लाई चमेरोमार्फत मानिसमा पुर्‍याएको भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् । पेपरमा उल्लेख गरिएअनुसार, सालकलाई भविष्यमा देखिने नयाँ कोरोनाभाइरसको सम्भावित वाहकको सूचीमा राख्नुपर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x