कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
चैत १७, २०७६
कोरोनाको आशंकामा बुटवलमा उपचाररत एक व्यक्तिको मृत्यु, १० दिनअघि आएका थिए युएईबाट
रूपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ ।
रूपन्देहीको सैनामैना– ४ का ३४ वर्ष पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए । उनको स्वाब परीक्षणका लागि आइतबार नमूना समेत लिइएको थियो ।
कोरोनाको परीक्षण नहुँदै उनको मृत्यु भएको बताइएको छ । उनी चैत ६ गते युएईबाट घर आएका थिए ।
भारतमा अलपत्र नेपालीको उद्दार गर्न गगन थापाको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले भारतमा अलपत्र रहेका नेपालीहरूको उद्दार र व्यवस्थापनको पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।
आइतवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतमा अलपत्र परेका नेपालीहरूलाई उद्दारको पहल गर्न अनुरोध गरेका हुन् ।
‘केही दिनदेखि भारतको विभिन्न शहरबाट, अलपत्र परेका नेपालीहरुले टेलिफोनमार्फत उनीहरुको व्यथा बताइरहेका छन्,’ थापाले लेखेका छन्, ‘थाहा छ, यो व्यवस्थापन गर्न गाह्रो छ,तर पनि ती नेपाली दाजुभाइ, दिदी बहिनीको हालत सम्झँदा मन व्याकुल हुनेरहेछ । परराष्ट्रमन्त्रीज्यू तत्काल केही पहल गर्न अनुरोध गर्दछु ।’
ऋणीलाई राहत: चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने, हर्जाना नलाग्ने
कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने निर्णय गरेको छ।
व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो। राष्ट्र बैंकले आइतबार १९ बुँदे सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा
असारमा बुझाएमा हर्जाना नलाग्ने निर्णय गरेको हो।
यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।
सर्कुलरमा भनिएको छ,‘०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी ०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन।’
ऋणीलाई राहत: चैतभित्र तिर्नुपर्ने साँवाब्याज असारमा बुझाए हुने, हर्जाना नलाग्ने
कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने निर्णय गरेको छ।
व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो। राष्ट्र बैंकले आइतबार १९ बुँदे सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा
असारमा बुझाएमा हर्जाना नलाग्ने निर्णय गरेको हो।
यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।
सर्कुलरमा भनिएको छ,‘०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी ०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु पर्ने छैन।’
निजी अस्पतालले ज्वरोका विरामी फिर्ता पठाउन थालेपछि सरकारको चेतावनी-कडा कदम चाल्न नपराेस्
कतिपय निजी अस्पतालले ज्वरो र रुघाखोकीका विरामीलाई भर्ना नलिइ फर्काइ दिएपछि सरकारले ‘कडा कदम चाल्न नपरोस्’ भनेर चेतावनी दिएको छ।
आइतबार मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, गैरसकारी सबै अस्पतालले संक्रमणकालीन अवस्थामा मिलेर नगए सरकारले आवश्यक कदम चाल्ने बताएका हुन्। ‘सबै अस्पतालले मिलेर काम गर्नुपर्छ, दायित्व पूरा गर्नुपर्ने छ। संक्रमणकालीन अवस्थामा कडा कदम चाल्न नपरोस्। त्यसैले उपचारका लागि आएका बिरामी नफर्काउनुस्।’
स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न आग्रह गरिएको छ।
लकडाउन चैत २५ सम्मका लागि लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय, घरबाहिर निस्कन नपाइने
सरकारले कोरोना भाइरस रोकथामका लागि गत मंगलबारदेखि एक साताका लागि जारी गरेको लकडाउन लम्ब्याएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गते राति १२ बजे सम्मका लागि कायम गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले काेराेना राेकथामका लागि यस्ताे निर्णय गरिएकाे बताएका हुन्।
यसअघि सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको थियो ।
सरकारले अहिलेसम्म ५ वटा मात्र कोरोना संक्रमणको केश देखिएका र उच्च जोखिममा नरहेकोप्रति सरकारले सन्तुष्टि जनाएको मन्त्री खतिवडाले बताए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लक(डाउनको अवधि कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गरेको थियाे।
बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन् ।
कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ पनि गठन गरेको छ । सोको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ भनिएको छ । सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) गठन गर्ने निर्णयसमेत सरकारले गरेको खतिवडाले जानकारी दिए।
एक महिनाको घरभाडा मिनाहा गरिदिन घरपेटीलाई सरकारको अनुरोध
सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि एक महिनाको घरबहाल मिनाहा गर्न आग्रह गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा रहेका घरमा एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले शहरी क्षेत्रमा बस्नेहरूको हकमा एक महिनाको घरभाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
सरकारले निजी विद्यालयलाई विद्यार्थीको आवासबाहेक एक महिनाको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ ।
यससँगै सरकारले विभिन्न राहत प्याकेज पनि घोषणा गरेको छ ।
प्रवक्ता खतिवडाले स्थानीय तहले तत्कालका लागि राहत दिनुपर्ने परिवारको लगत संकलन गर्नुपर्ने र प्रादेशिक सरकारसँग समन्वय गरेर लक-डाउन अवधिभर राहत उपलब्ध गराउनुपर्ने निर्णय भएको बताए ।
'राहत आवश्यक पर्नेहरूले सम्बन्धित स्थानीय निकायमा गएर लागत दिनुपर्छ,' उनले भने, 'त्यसपछि र स्थानीय तह र प्रदेशले आफ्ना कोषहरू खडा गरी राहत उपलब्ध गराउनेछन् । कोषमा रकम अपर्याप्त भएमा नेपाल सरकारको कोषबाट पनि उपलब्ध गराउन सकिनेछ ।'
खतिवडाले समाजका संवेदनशील वर्गहरू जस्तै गर्भवती, वृद्ध, टुहुरा लाई विशेष प्राथमिकतामा राखेर राहत दिइने बताए ।
उनले औपचारिक क्षेत्रमा चाहिँ रोजगारदाताले नै पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको बताए । 'होटेल पर्यटनका श्रमिकहरूलाई चैत्रको पूरै भुक्तानी गराउने निर्णय भएको छ,' खतिवडाले भने । त्यसका लागि कल्याणकारी कोषको प्रयोग गर्न सकिनेछ ।
निजी विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने, काेराेना संक्रमितको उपचारमा संलग्न चिकित्सकको बीमा
निजी तथा संस्थागत विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्।
मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसका कारण विद्यालय बन्द रहेकाले शुल्क लिन नपाउने निर्णय गरेको हो। यो निर्णयसँगै शुल्क लिएका विद्यालयले पनि फिर्ता गर्नुपर्नेछ।
त्यस्तै, सरकारले कोरोनाको उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट विनियोजन गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ।
निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...