×

NMB BANK
NIC ASIA

हिजो दिनभर : कोरोनाका संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वाेच्चको आदेश, नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमै स्थगित

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

निजी अस्पताललाई सर्वाेच्चको आदेशः कोरोनाका संक्रमितको उपचार गर्नू

सर्वाेच्च अदालतले निजी अस्पताललाई कोरोना भाइरस (कोभिड १९) सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश जारी गरेको छ। 

Muktinath Bank

सर्वाेच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको मंगलबारको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तरिम आदेशमा भनिएको छ, ‘निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आइसियू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु। स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्बुलेन्स चालक, सफाइ श्रमिकलगायतको सुरक्षाको यथोचित प्रबन्ध मिलाउनू।’


Advertisment
Nabil box
Kumari

निजी अस्पताल कोरोना संक्रमणका बिरामी उपचार गर्नबाट पछि हटेपछि सर्वाेच्च अदालत बार एशोसिएसनका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

Vianet communication
Laxmi Bank

रिटमा अहिलेको अवस्थामा स्वास्थ्य संकटकालको स्थिति रहेको भन्दै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत अत्याश्यक कानुन ल्याउन माग गरिएको थियो।

रिटको पक्षमा रिट निवेदक पौडेल र सरोजकृष्ण घिमिरेसहित वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अघिकारी, अधिवक्ता पूर्णिमा रिमाल गुरागाई, टीकाराम भट्टराई, राजु खड्कालगायतले बहस गरेका थिए ।

कोरोना संक्रमणको जाँच प्रदेशमै, काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य

५नम्बर प्रदेशका ३ स्थानमा कोरोना भाइरस संक्रमणको जाँच हुने भएको छ ।

प्रदेश सरकारले रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।

भैरहवास्थित राष्ट्रिय गहुँबाली परिसरभित्रको बीउबिजन कार्यालय, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना हुनेछ । 

भैरहवामा २ दिनभित्र प्रयोगशाला सञ्चालनमा आउँदैछ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले मंगलवार उपकरण आइपुग्ने र बढीमा २ दिनभित्र कोरानो आशंका लागेका बिरामीको स्वाब (र्‍याल र खकार) प्रयोगशालामा जाँच हुने जानकारी दिए ।

‘उपकरण जडान गर्ने प्राविधिकहरू ३ जना काठमाडौंबाट आइसकेका छन् । केही हामीसँग पनि छन् । २ दिनभित्र उपकरण जडान भएर प्रयोगशाला सञ्चालनमा आउँछ । यो प्रयोशाला सञ्चालनमा आएपछि हामीलाई धेरै सहज हुनेछ,’ चौधरीले लोकान्तरसँग भने ।

प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशमा कोरोनाको शंका लागेका बिरामीको स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । आइतवार बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामी बाबुराम थापाको स्वाब परीक्षण ३ दिनसम्म हुने सकेन । उनको मृत्यु भइसकेपछि स्वाब परीक्षण गरिएको थियो । 

संघीय सरकारले ७ वटै प्रदेशमा १/१ वटा कोरोना जाँच गर्ने प्रयोगशाला स्थापना गर्ने निर्णय गरेसँग प्रयोगशाला बन्न लागेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले रुपन्देहीमा बन्ने प्रयोगशाला संघ अन्तर्गत तथा दाङ र नेपालगञ्जमा बन्ने प्रयोगशाला प्रदेश सरकारको बजेटमै बन्ने बताए । चौधरीले प्रदेशमा आवश्यक रहेको पीपीई पनि आइसकेकाले उपचारमा खटिने चिकित्सकलाई पनि सहज हुने बताए । भैरहवाको बिउबिजन कार्यालयले रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

वीर र पाटन अस्पतालमा हिजो मृत्यु भएकाहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ

वीर अस्पताल र पाटन अस्पतालमा सोमवार मृत्यु भएका ३ जना बिरामीकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको सरकारले  जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।

नेपाल टेलिभिजनबाट लाइभ भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पताल र वीर अस्पतालमा मृत्यु भएकाहरूको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

सोमवार वीर अस्पतालमा २ र पाटन अस्पतालमा १ जनाको कोरोना विशेष आइसोलेसनमा मृत्यु भएको थियो ।

प्रवक्ता देवकोटाले फिवरका बिरामीलाई पनि कोरोनाको आशंकामा उपचारमा कमजोरी भइरहेको देखिएको भन्दै सबैखाले उपचार गर्न अस्पतालहरूको ध्यानाकर्षण गराए ।

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमै स्थगित, केशरमहलस्थित सचिवालय विघटन गरिने

सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राससलाई जानकारी दिए ।

उनले भने, ‘नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।’

यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । भ्रमण वर्षको सन् २०२० जनवरी एकमा एक भव्य समारोहकाबीच दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्ष प्रवद्र्धनात्मक कार्यक्रम स्थगित गरिएको हो । हाल नेपालमा कोभिडका पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा एक जना उपचारपछि घर फर्किसकेका छन् ।

सरकारले कोभिडको संक्रमण फैलन नदिन वैशाख ११ गतेदेखि दुई साताका लागि देशभर लकडाउन गरेको छ । वैशाखको पहिलो सातासम्म मुलुकमा हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोभिडको विश्व अर्थतन्त्रमा प्रभाव परेको छ ।

नेपालको पर्यटनलगायत अन्य आर्थिक क्षेत्रमा नराम्ररी असर पुगेको व्यवसायीले बताएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए ।

त्यस्तै सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोरोना कोषलाई पूर्वराजा ज्ञानेन्द्रको दुई करोड सहयोग, ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता'

कोरोना भाइरस रोकथामका लागि पूर्वराजपरिवार आबद्ध हिमानी कोषले दुई करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार सन्देश जारी गर्दै भनेका छन्, ‘दुस्ख(कष्ट र आपत(बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई  २ करोड दिइ नेपाल सरकारको ‘कोरोना भाइरस’ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौँ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ।’

कोरोनाले देश र जनतामा भय र संत्रास पैदा गराएको उल्लेख गर्दै शाहले यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता रहेको बताएका छन्। ‘लकडाउनको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ,’ उनले भनेका छन्।

शाहले अगाडि भनेका छन्, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत  सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर  योगदान पुर्‍याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x