कोरोनाभाइरसका कारण अमेरिकामा काला जातिका मानिसको मृत्यु संख्या बढी, कारण यस्तो

त्यसो त कोरोनाभाइरसले कसैको धर्म, जाति वा अन्य कुनै आधारमा भेदभाव नगरिकन आक्रमण गर्छ । तर अमेरिकामा कोरोनाका कारण काला जातिका मानिस बढी मरिरहेको देखिँदा चाहिँ विभिन्न प्रश्न उठिरहेका छन् । 

समाचार संस्था एएफपीका अनुसार, काला जातिका मानिसविरुद्ध स्वास्थ्य सुविधामा गरिने भेदभाव नै यसको प्रमुख कारण हो । एएफपीमा प्रकाशित रिपोर्टमा विज्ञहरूलाइृ उद्धृत गर्दै लेखिएअनुसार, काला जातिका मानिसलाई भेदभाव गर्दै कामको बेलामा छुट्टीमा जाँदा फेरि काममा नराखिने समेत गरिन्छ । 


Advertisement

अमेरिकाका अग्रणी सर्जन जर्नल जेरोम एडमका अनुसार, काला जातिका धेरै मानिस मधुमेह, फोक्सोको समस्या र मुटुरोगबाट ग्रस्त हुन्छन् । उनीहरू गरीब भएकाले अनि उनीहरूमाथि भेदभाव गरिने भएकाले रोगको उपचार पनि पाउँदैनन् । एडम आफैं काला जातिका मानिस हुन् र उनी रक्तचाप तथा दमबाट पीडित छन् । 

अमेरिकामा बस्ने गरीब र काला जातिका मानिसलाई कोभिड–१९ को खतरा सबभन्दा बढी छ । आफूसँग पुष्टि गर्ने कुनै आधिकारिक आँकडा नभए पनि कोरोनाभाइरसका कारण अमेरिकामा भएका मृत्युमा अधिकांश काला जातिका मानिस नै भएको एडमको भनाइ छ । 


Advertisement

उनका अनुसार, शिकागोमा मर्नेमा लगभग ६८ प्रतिशत काला जातिका मानिस छन् । 

अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका कार्यकारी निर्देशक जर्ज बेन्जामिनले एएफपीसँग कुरा गर्दै देशमा काला जातिका धेरैजसो मानिस सार्वजनिक यातायात तथा भीडभाड हुने अन्य क्षेत्रमा काम गर्ने भएकाले उनीहरूलाई संक्रमणको खतरा बढी रहेको बताए । 

त्यसमाथि उनीहरूलाई स्वास्थ्य सेवा नै कम उपलब्ध हुने पनि उनले माने । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्