
पहिलेकै स्थितिमा जसरी हवाई यात्राको माग आउन कम्तीमा पाँच वर्ष लाग्ने प्रक्षेपण उड्डयन उद्योगले गरेको छ ।
विश्वव्यापी उडानमा यात्रुहरूको संख्या सन् २०२५ मा पनि अहिले अनुमान गरिएको भन्दा १० प्रतिशत कम हुने इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका प्रमुख अर्थशास्त्री ब्रायन पीयर्सले बताए ।
आईएटीएका अनुसार, अर्को वर्षको उड्डयन दर ३३ देखि ४० प्रतिशतले घट्ने अपेक्षा गरिएको छ ।
सन् २०१९ को स्तरमा हवाई यात्रा कम्तीमा २०२३ अघि सम्भव नरहेको आईएटीएले बताएको छ ।
पीयर्सले हवाई यात्राको माग पुनः पहिलेकै स्थितिमा आउन कम्तीमा दुई वर्ष लाग्ने अपेक्षा गरेको र त्यतिखेरसम्म कोभिड–१९ का कारण परेका अप्ठ्यारो कायम रहने जस्तो लागेको बताए ।
तर विकासशील देशहरूमा जीवनस्तरमा सुधार आइरहँदा हवाई यात्रामा वृद्धि भएको र ती सुधार अझै पनि बलियो भएकाले माग बढ्ने सम्भावना रहेको अपेक्षा हवाई उद्योगले गरेको छ ।