३१ असार २०८३, बुधबार

रोहिंग्या शरणार्थी शिविरमा देखियो कोरोना संक्रमण, बंगलादेश सतर्क

जेठ २, २०७७
रोहिंग्या शरणार्थी शिविरमा देखियो कोरोना संक्रमण, बंगलादेश सतर्क

बंगलादेशमा रहेको संसारको सबभन्दा ठूलो शरणार्थी शिविरमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यहाँको संक्रमणले बंगलादेशलाई तर्साएको छ किनकि फैलिएपछि त्यसलाई रोक्न निकै मुश्किल पर्ने देखिन्छ । 

दश लाख शरणार्थीहरू बस्ने शिविरमा कोरोनाका दुई केस देखिएका छन् । 

रोहिंग्या रिफ्युजी रिप्याट्रिएसन कमिसनमा आबद्ध एक चिकित्सकका अनुसार, कक्स बजारमा रहेका शरणार्थीहरूमा कोभिड–१९ पुष्टि भएको हो । 

संक्रमितहरूलाई एकान्तवासमा राखेर उपचार गराइएको अधिकारीहरूले बताएका छन् । 

शिविरमा मार्च १४ देखि नै लकडाउन लगाइएको छ ।

उता इजिप्टमा पनि शरणार्थीहरूको ठूलो संख्या छ । बढी खतरामा रहेका १६ सय मानिसलाई अन्य देशमा सारिने आशा अधिकारीहरूले गरेका छन् । 

इजिप्टको लेस्बोस टापुमा दुई प्रवासीलाई कोरोना पोजिटिभ पाइएको छ । दुवैलाई एकान्तवासमा राखिएको छ । 

सहायता एजेन्सीहरूले लामो समयदेखि शरणार्थी शिविरहरूका विषयमा चेतावनी जारी गर्दै आएका छन् । 

रोहिंग्या शरणार्थी शिविरका विषयमा पनि जोखिमको चेतावनी दिइँदै आएको थियो । 

कक्स बजारका परिस्थितिहरू कोरोनाभाइरस फैलिनका लागि उपयुक्त छन् । त्यहाँ साँघुरो ठाउँमा भीडभाड छ अनि सरसफाइ र सफा पानी सीमित छ । सामाजिक दूरी अपनाउन त्यहाँ सम्भव छैन । 

बंगलादेशमा सेभ द चिल्ड्रेनका निर्देशक डा शमीम जहाँका अनुसार, ‘कोरोनाभाइरस संसारको सबभन्दा ठूलो शरणार्थी शिविरमा प्रवेश गरिसकेको अवस्थामा हजारौं मानिसको ज्यान जानसक्ने हामीले देखेका छौं । यो महाव्याधिले बंगलादेशलाई दशकौं पछाडि धकेल्न सक्छ ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्