०२ साउन २०८३, शनिबार

भीम रावललाई ओलीको जवाफ– जस्केलाबाट होइन मूल ढोकाबाट आउँछ एमसीसी !

भीम रावललाई ओलीको जवाफ– जस्केलाबाट होइन मूल ढोकाबाट आउँछ एमसीसी !

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहायता  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्केलाबाट नभई मूलढोकाबाट आउने बताएका छन् । एमसीसी आएपनि, नआएपछि लप्सीफेदी–रातमाटे–बुटवल प्रशारण लाइन बन्ने उनले बताए । 

सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा उठेका प्रश्नको मंगलवार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको विद्युत् व्यापारका लागि प्रशारण लाइन अनिवार्य भएको र कुनै हालतमा बनाइछाड्ने बताए ।

ओलीले एमसीसी संसद्को टेबुलमा पुगिसकेकाले सदनले निष्कर्षमा पुर्‍याउने बताए । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा नेता भीम रावलले राष्ट्र हित विपरीतको एमसीसी पछाडिको ढोकाबाट छिराउन खोजिएको आरोप लगाएका थिए । 

रावलको नामै नलिई ओलीले भने, ‘केही माननीयले जस्केलाबाट पछाडिको ढोकाबाट छिराउन खोजेको भन्नुभयो, होइन मूलढोकाबाटै एमसीसी आउँछ  । प्रशारण लाइन बन्छ, एमसीसीले नबनाए अरूले बनाउँछ, कसैले नबनाए हामीले बनाउँछौं ।’

ओलीले एमसीसी विषय सभामुखको टेबलमा पुगेको भन्दै यो सदनले छलफल गरेर निष्कर्ष गर्नुपर्‍यो । 
 

salt training

कमेन्ट गर्नुहोस्