१४ असार २०८३, आइतबार

नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

जेठ ९, २०७७
नयाँ नक्सासहितको निशान छापका लागि संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

नेपालको नयाँ नक्सा जारी भएको सन्दर्भमा संविधान संशोधनका लागि संघीय संसद्‍मा विधेयक दर्ता भएको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन विधेयक संघीय संसद्‍ सचिवालयमा दर्ता भएको हो ।

निशान छापमा नेपालको नक्सा अंकित छ । त्यसमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा अंकित गर्नका लागि संवधिान संशोधन गर्ने निर्णय शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सोही निर्णयबमोजिम शुक्रवार दिउँसो ३ बजे विधेयक संसद्  सचिवालयमा दर्ता भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्