कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
२ नम्बर प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीलाई कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पतालमा लेभल २ अस्पताल सञ्चालन भएको छ ।
अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका बिरामी उपचारपश्चात निको भएर घर समेत फर्किरहेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार नारायणी अस्पताल वीरगञ्ज र गण्डक अस्पताल वीरगञ्जमा भर्ना भएका संक्रमितमध्ये जेठ १५ गतेसम्म ९७ जना बिरामी उपचारपश्चात निको भई डिस्चार्ज भएर घर फर्किएका छन् ।
जेठ १५ गते नै प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालमा भर्ना भएका २९ जना बिरामीमध्ये १ जना बिरामी उपचारपश्चात निको भएर डिस्चार्ज भएर घर फर्किएका छन् ।
भर्ना भएका बिरामीलाई दैनिक २ पटक खाजा र २ पटक खाना अस्पताल प्रशासनले उपलब्ध गराउने गरेको थियो । सरकारी बजेटबाट खुवाइने खाना र खाजा स्तरीय तथा पोषिलो नभएको गुनासो बिरामीले गरे ।
नारायणी अस्पतालमा भर्ना भएका १ जना पत्रकारले अस्पतालले दिने गरेको खाना तथा खाजाको तस्वीर तथा भिडियो नै सार्वजनिक गरेपछि खानाको रहस्य जगजाहेर भयो । कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि फलफूल, हरियो सागसब्जीसहित पौष्टिक आहार दिनुपर्नेमा नदिएको भन्दै आलोचना भयो । त्यसपछि बिरामीलाई पौष्टिक आहारसहित खाना र खाजा खुवाउन ‘सानो पाइला’ गैरसरकारी संस्था अगाडि आयो ।
सानो पाइलाका संस्थापक प्रमुख कार्यकारी अधिकृत कंचन झाका अनुसार नारायणी अस्पतालको प्रशासनसँग समन्वय गरेर जेठ ५ गतेदेखि वीरगञ्जको नारायणी अस्पताल र सिद्धार्थ माविमा सञ्चालित आइसोलेसनका ९१ जना बिरामीलाई नियमित पौष्टिक भोजन उपलब्ध गराइएको छ । ‘लकडाउन शुरू भएदेखि नै ‘मानव सहयोग मानवका लागि अभियान’ अन्तर्गत वीरगञ्जमा रहेका श्रमिक, मजदुरलाई खाना खुवाइरहेका थियांै,’ झाले भने, ‘त्यसै क्रममा आइसोलेसनमा भर्ना भएका बिरामीलाई विविध समस्याका कारण खानामा समस्या भइरहेको कुरा बाहिर आएपछि हामीले संक्रमितलाई खाना र खाजा दिन थाल्यौं ।’
बिहानको खाजामा अण्डा, रोटी, हरियो तरकारी, चिया, दूध, फलफूल तथा साँझको खाजामा फलफूल, निम्बु पानीको सर्बत, चिया, दूधको साप्ताहिक मेनु नै बनाइएको छ । दिउँसोको खानामा भात, दाल, मौसमी तरकारी तथा साग सलाद र रातिको खानामा दिनमा दिने गरिएको खानामा सप्ताहमा २ दिन कुखुराको मासु समेत दिने गरेको उनले बताए ।
प्रतिदिन १ जनालाई ४ पटकका भोेजन गराउँदा दैनिक ३२७ रुपैयाँ खर्च हुने गरेको उनी बताउँछन् । वीरगञ्जको नारायणी अस्पतालका सबै बिरामी डिस्चार्ज भइसकेका छन् । वीरगञ्जको गण्डक अस्पतालमा अब ५ जना बिरामी मात्र भर्ना रहेकाले ५ जनालाई मात्र खाना तथा खाजा खुवाउने गरिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका बिरामीलाई अस्पताल प्रशासनले पोषिलो खाना नदिएको बिरामीले गुनासो गरेपछि सानो पाइलाले जेठ १४ गतेदेखि खाना तथा खाजा खुवाउन शुरू गरेको छ । जनकपुरमा ३१ जना बिरामीलाई खाना तथा खाजा खुवाउने गरिएको छ ।
कोरोना संक्रमित बिरामीलाई खाना खुवाउनेसँगै वीरगञ्ज, जनकपुर र सिरहामा दलित, विपन्न, श्रमिक, मजदुरलाई हालसम्म पनि निरन्तर खाना खुवाइरहेको उनी बताउँछन् । हालसम्म २७ हजार व्यक्तिले खाना खाएको उनले बताए ।
झा काठमाडौंको बुढानिलकण्ठ स्कूलका पूर्व विद्यार्थी हुन् । त्यहीँ स्कूलका पूर्व विद्यार्थी समाजले फिडिङ नेपाल अभियान अन्तर्गत आर्थिक सहयोग जुटाएर खर्च जुटाउने गरिएको छ । जनकपुर, सिरहा र वीरगञ्जमा खाना खुवाउँदा हालसम्म १० लाख रुपैयाँ खर्च भएको उनी बताउँछन् । वीरगञ्जमा कोरोना संक्रमित बिरामीको खानामा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए ।
वीरगञ्जमा एकीकृत सहयोग डेस्क स्थापना गरेर भारतीय प्रशासनसँग समन्वय गरी अत्यावश्यक औषधि समेत मगाइदिने गरेको उनले बताए । ‘हालसम्म ३ हजार २०० व्यक्तिको अत्यावश्यक औषधि भारतबाट मगाइदिएका छौं,’ उनले भने, ‘औषधि नर्मल रेटमा नै मगाइदिने गरेका छौं, यातायात खर्च लिने गरेका छैनौं ।’ त्यसबाहेक विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क नै औषधि दिने गरेको उनले बताए ।
राष्ट्र निर्माणका लागि समुदायको निर्माण भन्ने नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले मुख्यरुपमा लागूऔषधमा संलग्न व्यक्तिलाई सुधारे असल काममा लगााउने काम गर्ने गरेको उनले बताए । ‘दलदलमा फसेका त्यस्ता युवाहरू जसका आमाबुवाले समेत नालायक भनेर तिरस्कार गरे, आज ती युवाहरू नै फिडिङ अभियानसहित विभिन्न असल काममा लागेका छन्,’ झाले भने ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...