ट्रम्पले डब्लूएचओसँगको सम्बन्ध तोडेको घोषणा गरेपछि चीनले भन्यो- अमेरिकालाई भाग्ने बानी छ

फाइल फोटो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेपछि चीनले  प्रतिक्रिया दिएको छ। 

ट्रम्पले गत शुक्रबार कोरोना महामारीमा डब्लूएचओले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गरेका थिए।


Advertisement

ट्रम्पले यसअघि डब्लूएचओलाई अमेरिकाबाट प्राप्त हुँदै आएको अनुदान पनि कटौती गरिदिएका थिए।

चीनका विदेश मन्त्रालयले सोमबार भनेको छ, ‘अमेरिकाको यस निर्णयबाट उसको ‘पावर पोलिटिक्स’ र  ‘एकतर्फी सोच’ बाट थाहा हुन्छ।’ 


Advertisement

चिनियाँ विदेश मन्त्रालयले अमेरिकी निर्णयको व्याख्या गर्दै भनेको छ, ‘अमेरिकालाई  भाग्ने बानी छ।’

चीनले विश्व स्वास्थ्य संगठनका लागि समर्थन बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।

ट्रम्पले ‘विश्व स्वास्थ्य संगठन चीनको नियन्त्रणमा रहेको यसअघि नै आरोप लगाइसकेका छन्। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्