३० असार २०८३, मंगलबार

यस वर्षको वातावरण पत्रकारिता पुरस्कार पत्रकार बमलाई

यस वर्षको वातावरण पत्रकारिता पुरस्कार पत्रकार बमलाई

यस वर्षको  वातावरण पत्रकारिता पुरस्कार  पत्रकार यम बमले पाउने भएका छन् । 

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको यस पुरस्कार पत्रकार बमलाई दिन लागिएको हो । 

नेवापसले पुरस्कार स्वरुप उनलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान प्रदान गर्न लागेको हो ।

ग्रामीण विकासमा स्नातक गरेका बम नेपाल साप्ताहिकमा संवाददाताका रुपमा कार्यरत छन् । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने उनी ३३ औँ पत्रकार हुन् ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरू मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरूलाई सन् २०१९ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो ।

समूहका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुको मूल्यांकन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्