
सरिता गिरीलाई उनी सम्बद्ध पार्टीले दोस्रोपटक संशोधन फिर्ता लिन निर्देशन दिएको छ ।
शनिवार बसेको संसदीय दलको बैठकमा निसान छापलाई अद्यावधिक नक्साअनुसार संशोधन गर्ने विधेयकका पक्षमा मत हाल्ने निर्णय गर्दै गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइएको हो ।
सांसद प्रदीप यादवले लोकान्तरलाई संविधान संशोधन विधेयकमा मत हाल्न संसदीय दलले व्हिप जारी गरेको बताए ।
सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिइएको तर उनले सोचेर जवाफ दिने भन्दै बाहिर निस्केको यादवले जानकारी दिए ।
आज अपराह्न १ बजेदेखि बस्ने संसद बैठकमा संविधान संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संशोधन विधेयकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहमति रहेको छ ।