जोरी-पारी हँसाउने विरुद्ध स्थायी कमिटी बैठक जारी- पोखरेल

फाइल फोटो।

उपप्रधान एवं रक्षामन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको जारी स्थायी कमिटी बैठकबारे टिप्पणी गरेका छन्।

स्थायी कमिटी बैठक मंगलबारदेखि जारी छ । तर, अहिले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा विषय पेचिलो बनिरहेको छ।


Advertisement

कतिपयले त तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको हालको नेकपा फुटको संघारमा रहेको टिप्पणी समेत गरिरहेका छन्।

नेताहरु गुटगत छलफलमा व्यस्त छन्। यही बेला ओली समूहका नेता पोखरेलले यी चर्चामाथि टिप्पणी गरेका छन्। 


Advertisement

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पद्धतिको सीमा मिचेर, जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी...।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्