२६ जेठ २०८३, मंगलबार

नेपाली बैंकसँग साढे तीन करोड प्रतिवन्धित भारु

कात्तिक २०, २०७४
नेपाली बैंकसँग साढे तीन करोड प्रतिवन्धित भारु

 

लोकान्तर संवाददाता
काठमाडौं, २५ कात्तिक –नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थासँग साढे ३ करोड भन्दा बढी प्रतिवन्धित भारतीय रुपैयाँ (भारु) रहेको पाइएको छ ।

1000
बुधवारदेखि भारत सरकारले ५ सय र १ हजारका भारुको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएसँगै राष्ट्र बैंकले नेपालमा पनि भारुको लगत राख्न सुरू गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार बिहीवार साँझसम्म विभिन्न बैंकहरूबाट साढे ३ करोड भारु भन्दा बढी संकलन भएको जानकारी दिए । ‘बैंकहरूसँग योभन्दा बढी भारु छ,’ उनले भने, ‘चार करोड जति भारु बैंकहरूसँग मौज्दात रहेको अनुमान छ ।’ बैंकसँग रहेका भारु संकलन गरिरहेको उनले बताए ।

बैंकका अनुसार अझै केही वाणिज्य बैंकबाट भारुको यथार्थ विवरण आइनसकेको राष्ट्र बैंकले बताएको छ । वाणिज्य बैंकबाहेक विकास बैंक, लघुवित्तसँग पनि केही परिमाणमा प्रतिवन्धित भारु हुनसक्ने बैंकले बताएको छ ।

सर्वसाधरणसँग भएको भारुको भने हालसम्म कुनै औपचारिक तथ्याङ्क छैन ।

सटहीका लागि भारतीय सरकारबाट कुनै जानकारी आएन
बैंकका अनुसार नेपालमा रहेका प्रतिवन्धित ५ सय र हजारका भारु साट्न पाउने सम्बन्धमा हालसम्म भारत सरकारबाट कुनै औपचारिक जानकारी आएको छैन । बुधवारै बैंकले सटहीका लागि भारत सरकार, भारतीय रिजर्भ बैंकलाई पत्र पठाएको थियो । ‘हामी फलो गरिरहेका छौं, कुनै औपचारिक जानकारी आइसकेको छैन,’ प्रवक्ता पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्