देशभर मनसुन सक्रिय, वर्षाको सम्भावना (यस्ताे छ आगामी तीन दिनकाे माैसम)

प्रतिकार्यात्मक तस्वीर।

मुलुकभर मनसुन सक्रिय बनेकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनमा मनसुनी गतिविधि बढ्ने छ। अर्थात सात वटै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ।


Advertisement

शनिबार पनि धेरैजसाे स्थानमा वर्षा भएकाे छ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । 


Advertisement

 


यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

शनिबार​

रातीः देशभर साधारणतया बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ को धेरै स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ। देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना  छ।

आइतबार

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशको सबै प्रदेशमा साधारणतया बदली रही प्रदेश १, प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

सोमबार

दिउँसोः देशभर अधिकांश बदली रहनेछ। प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना  छ।

रातीः देशभर साधारणतया बदली रहनेछ। प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेश का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमती प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्