एकैदिन एक हजार नेपाली स्वदेश फर्किए

शनिबार एक हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन्। काेराेना भाइरसका कारण विभिन्न मुलुकमा समस्यामा परेका एक हजार ८२ नेपाली चार्टर्ड उडानबाट स्वदेश फर्किएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ११ अन्तर्राष्ट्रिय उडान भए। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।


Advertisement

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २ सय ४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १ सय ४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४ यात्रु र दुई शव तथा कुवेतबाट १ सय ५६ यात्रु ल्याएको छ। उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन शनिबार राति दोहा र आबुधाबी प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ ।


Advertisement

 त्यसैगरी कतार एयरवेजले दोहाबाट १ सय २७ र जजिराले कुवेतबाट १ सय ५६ यात्रु ल्याएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्