गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना, कुल संक्रमितको संख्या १ हजार ९१

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

गण्डकी प्रदेशमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ ।

गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ । 


Advertisement

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा कोरोना देखिएको छ  ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ । 


Advertisement

उता, बागलुङको काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषको नमुना रिपोर्ट पोजेटिभ आएको हो ।


 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्