मैदानमा अभ्यास गरिरहेका फूटबलरमाथि बज्रियो चट्याङ (भिडियो)

रुसको तेस्रो तहको फूटबल क्लब जीनाम्या ट्रुडाका खेलाडी इभान जाबोरोव्स्कीले मैदानमा अभ्यास गरिरहँदा उनीमाथि चट्याङ बज्रिएको भिडियो सार्वजनिक भएको छ । 

गोलकीपर जाबोरोव्स्कीले गोलपोस्टमा गोल पसाउनका लागि दौडिरहेको बेलामा चट्याङ बज्रिएको हो । त्यतिखेर उनका साथी खेलाडीहरू मैदानको छेउमा थिए । 


Advertisement

मैदानमा एक्लै रहेका १६ वर्षीय जाबोरोव्स्की पेनाल्टी एरियाको छेउमा आइपुग्दा अँध्यारो धूवाँले ढाक्छ । अनि उनीमाथि चट्याङ बज्रिन्छ । 

उनलाई तत्कालै मैदानबाट ल्युबेर्त्सीस्थित अस्पताल लगिएको थियो । त्यहाँ उनको सघन उपचार चलिरहेको छ । 


Advertisement

क्लबले जाबोरोव्स्की स्थिर तथा खतरामुक्त अवस्थामा रहेको र उनी निकै डढेको जनाएको छ । 

ट्रुडा क्लबका प्रशंसकहरूले खतरनाक अवस्थामा अभ्यास सत्र राख्न हुँदैनथियो भनी सामाजिक सञ्जालमा लेखेपछि क्लबका महानिर्देशक इगोर मायोरोभले भने, ‘त्यतिखेर आकाश खुलेको थियो यद्यपि अलिअलि बादल त थिए ।

पानी परेको थिएन अनि हावा पनि चलेको थिएन ।’

‘चट्याङ भएको भए हामीले अभ्यास गराउँदैन थियौं । प्रशिक्षकले खेलाडीहरूलाई जिमतिर लगिहाल्थे ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्