कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.५७ विन्दुले बढेर एक हजार ३३१.१० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ ले वृद्धि भई २८०.४१ मा पुगेको छ ।
कूल १७८ कम्पनीको २२ लाख २६ हजार २०३ कित्ता शेयर रु ९० करोड ८० लाख ८६ हजार १९७ मा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार र बैंकिङ उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ०.३७ र व्यापार १८.५४ ले घटेका छन् ।
यस्तै होटल १२.१८, विकास बैंक ५.२४, जलविद्युत् ४.८२, वित्त ४.८३, निर्जीवन बीमा ३९.५१, उत्पादन ३५.३, अन्य ६.८७, लघुवित्त ९.६१, जीवन बीमा ६८.३३ र सामूहिक लगानी कोष ०.२८ ले बढेको छ । स्टकका अनुसार कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड १८ लाख ४५ हजार ८३० बराबरको कारोबार भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ४८ लाख एक हजार २७३, छिमेक लघुवित्त वित्तीय संस्था रु छ करोड ४१ लाख ६३ हजार ७७७, एनआईसी एशिया रु तीन करोड ४८ लाख २८ हजार ५९७, एनएमबी बैंक रु दुई करोड ७७ लाख ६० हजार ६०७, हिमालयन डिस्टिलरी रु दुई करोड ४२ लाख ४३ हजार ८६६ र नबिल बैंकको रु दुई करोड २२ लाख ७९ हजार १०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज सूर्योदय लघुवित्त ९.९९, एनआईसी एशिया लघुवित्त ९.९७, वोमी माइक्रोफाइनान्स ९.९०, गुह्यश्वरी मर्चेन्ट बैंक रु ७.२६, एनएमबी माइक्रोफाइनान्स ६.३३, तिनाउ विकास बैंक ६.११ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ५.९४ प्रतिशतले कमाए ।
त्यस्तै, ग्लोबल आईएमई समुन्नत स्किम एक ३.८५, नेशनल हाइड्रो पावर ३.७०, रिडी हाइड्रोपावर ३.४९, सबैको लघुवित्त ३.४२, गुराँस लघुवित्त २.५८, कालिका मर्चेन्ट डेभलपमेन्ट बैंक २.५० र साल्ट टे«डिङ कम्पनीका लगानीकर्ताले २.१४ प्रतिशतले गुमाए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...