रुसले बालबालिकाका लागि कोभिड–१९ को विशेष खोप बनाउने

रुसले बालबालिकाका लागि मात्र कोभिड–१९ को विशेष खोप बनाइरहेको छ । उनीहरूलाई बेग्लै किसिमको सुरक्षा आवश्यक रहेको देशको स्वास्थ्य निगरानी संस्था रोसपोत्रेबनादजोरले बताएका छन् । 

रसिया १ टीभी च्यानलसँगको अन्तर्वार्तामा रोसपोत्रेबनादजोरकी प्रमुख आन्ना पोपोभाले भनिन्, ‘बच्चाहरूका लागि विशेष खोप आवश्यक पर्छ र त्यसका लागि विशेष सुरक्षा आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।’
 


Advertisement

पोपोभाले सन् २०२० भित्र चाहिँ खोप बन्न नसक्ने बताइन् । 

अहिले बल्ल यसको काम शुरू भएको छ,’ उनले भनिन् । 


Advertisement

‘यो खोप बालबालिकाका लागि निकट भविष्य वा यही वर्षमा आइसक्छ भन्नु हतार हुनेछ ।’

बालबालिकाले कोभिडविरुद्ध इम्युनिटी कति राम्रोसँग विकसित गर्न सक्छन् भन्ने विषय अझै थाहा हुन नसकेको बताइन् । 

अहिले रुस कोभिड–१९ को खोपको परीक्षणको अन्तिम चरणमा प्रवेश गरेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा मस्कोस्थित गामालेई इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीले कोरोनाभाइरसको खोप बनाइरहेको छ । यसलाई अगस्ट महिनामा दर्ता गराइने अपेक्षा छ र लगत्तै व्यापक मात्रामा उत्पादन थालिने अपेक्षा छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्