×

NMB BANK
NIC ASIA

निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै

साउन १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ ।

Muktinath Bank

चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन् । बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ । जहाज अभावले तत्कालै टङ्क रुटमा उडान सञ्चालन गर्न नसकिने निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो । निजी क्षेत्रका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक उडान गर्नुपर्ने बाध्यता रहेकाले निगमले चाँडोभन्दा चाँडो जहाज खरिद गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । निगमले देशका २६ विमानस्थलमा उडान गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

Vianet communication
Laxmi Bank

निगमलाई चीन सरकारको सहयोगमा प्राप्त भएका दुई (एमए–६० र वाई–१२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका चार (एक एमए–६० र तीन वाई–१२) जहाज गरी छ जहाज निगमसँग रहेका थिए । चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको तथा जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफँै उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस–३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।

एकातर्फ आन्तरिक उडानमार्फत दुर्गम भेगमा सेवा पु¥याउनुपर्ने निगमको सामाजिक दायित्व छ भने अर्कोेतर्फ अन्तर्राष्ट्रिय उडानका लागि सामान दुई एयरबस ए– ३२० र ३३० जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुग्नु निगमका लागि चुनौती थपिएको छ ।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णयसँगै निजी हवाई सेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गर्दै उडानको तयारी तीव्र पारेका छन् । यद्यपि राष्ट्रिय ध्वजावाहक निगमसँग आन्तरिक उडानका लागि एउटा पनि जहाज नहुनु विडम्बनाको विषय हो । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयरसँग ११ एटिआरसहित १३ र यती एयरलाइन्ससँग पाँच एटिआरसहित १० जहाज छन् । श्री एयरलाइन्ससँग पनि ठूलो क्षमताका छ जहाज छन् । सौर्य, सीतालगायत एयरलाइन्ससँग पनि जहाज प्रशस्तै छन् । राष्ट्रिय ध्वजावाहकले आन्तरिक उडानका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक व्यापार गर्नुपर्ने दायित्व चुनौतीपूर्ण छ ।

चिनियाँ जहाजका स्पेयर पार्ट्ससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ प्रतिशत महङ्गो रहेको, स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको जनाएको छ ।

त्यस्तै एमए–६० जहाजको सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी रहेको, इन्धन खर्च अन्य जहाजको भन्दा दोब्बर भएकाले निगमलाई व्यावसायिक लाभभन्दा पनि आर्थिक बोझ थुप्रिएको निगमले उल्लेख गरेको छ ।

निगमका अनुसार छ जहाजबाट आव २०७१/७२ देखि आव २०७५/७६ सम्म पाँच आर्थिक वर्षमा रु एक अर्ब ९० करोड नोक्सान भएको छ । यस हिसाबले यी जहाजबाट प्रतिवर्ष रु ३८ करोड नोक्सानी भएको निगमले जनाएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा दुई आर्थिक वर्षमा मात्रै रु ९१ करोड ४५ लाख ६५ हजार खुद नोक्सानी बेहोर्नुपरेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको थियो ।

निगमले चिनियाँ जहाज विस्थापन गर्दा अवरुद्ध हुने आन्तरिक उडानलाई सञ्चालन गर्न एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ का कारण निगमको मूल आम्दानीको स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडानसमेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको जनाइएको छ ।

आर्थिक अवस्था सुधार गरी नयाँ जहाज खरिदलगायतमा दरिलो उपस्थिति जनाउन निगम सञ्चालक समिति बैठकले अधिकृत पूँजी रु ५० अर्ब पु¥याउने निर्णय गरेको छ । ऋणात्मक अवस्थामा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने बाध्यतामा रहेको निगमसँग अहिले करिब रु ३४ करोडमात्रै अधिकृत पूँजी छ । निगमले बोर्डको उक्त निर्णयलाई तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालय र कानून मन्त्रालयको राय सुझाव लिएर मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ ।

निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए–३३० र न्यारोबडी ए–३२० जहाज छन् । निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।  सिबी अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x