२२ असार २०८३, सोमबार

सुन प्रकरणमा मुछिएका डीएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो

सुन प्रकरणमा मुछिएका डीएसपी दाहाललाई जिम्मेवारीबाट हटाइयो

सुन प्रकरणमा मुछिएपछि काठमाडौँ दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाल जिम्मेवारीमुक्त भएका छन् ।

घटनास्थल परिवर्तनलगायतका शंकास्पद काम गरेको भन्दै छानबिनका लागि दाहाललाई जिम्मेवारीबाट मुक्त गरिएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । उनको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलवारको पत्रकार सम्मेलनमा बा६च ५५१९ नम्बरको स्कोर्पियो प्रहरी चेकिङ हुँदा झोला फालेर भागेको बताएका थिए । 

पत्रकार समेलनमा डीएसपी दाहालले स्वयं उपस्थित भएर कमलादीबाट आधा किलोग्राम सुन र र साढे १४ किलो सुनको जलप लगाएको चाँदी फेला परेको बताएका थिए ।

तर अनुसन्धानका क्रममा दाहालको गतिविधि शंकास्पद देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्