०१ साउन २०८३, शुक्रबार

सार्थक निकास दिनेगरी वार्ता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव

सार्थक निकास दिनेगरी वार्ता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव
फाइल तस्वीर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थगित स्थायी कमिटी बैठक सुचारु गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्पर्क सुत्रमार्फत प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन् ।

मंगलवबार बालुवाटारमा भएको प्रचण्ड, माधव नेपाल समूहको भेलाले स्थगित सचिवालय बैठक बोलाउने पहल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

महासचिव विष्णु पौडेल, केही मन्त्री र अन्य सम्पर्क सुत्रमार्फत सार्थक निकास दिनेगरी प्रचण्डले बैठक बोलाउन ओलीसँग प्रस्ताव गरेका छन् । केही दिन यता अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।

‘मंगलवारदेखि अनिश्चितकालका लागि स्थगित स्थायी कमिटी बैठक बोलाउन पहल भएको छ, पहिला अध्यक्षद्वयबीच छलफल भएपछि बैठक बोलाउने निर्णय हुन्छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।

मंगवार उपाध्यक्ष वामदेव गौतमले अगाडि सारेको ६ बुँदे प्रस्तावमाथि पनि नेकपाभित्र अनौपचारिक छलफल चलिरहेको छ । ‘आगामी निर्वाचनसम्म ओली नै प्रधानमन्त्री र महाधिवेशनसम्म दुवै अध्यक्ष रहनेगरी अन्य विषयमा सहमति खोज्न तयार छौं भनेर प्रचण्डकोमा प्रस्ताव गएको छ,’ स्रोतले भन्यो, 'त्यसमा प्रचण्ड सकारात्मक देखिन्छन् ।'

सहमतिकै आधारमा महाधिवेशन गर्नेगरी निकास खोज्न ओली पक्षले प्रचण्डलाई प्रस्ताव गरेको हो ।  'सहमति सन्निकट छ,' ओलीनिकट एक नेताले लोकान्तरलाई भने, 'प्रचण्ड कमरेडले पनि यो डेडलक धेरै समय नलम्ब्याउन सहमत हुनुभएको छ । केही दिनमा सहमतिका सबै प्रयासहरू निष्कर्षका रूपमा अगाडि आउनेछन् ।'

salt training

कमेन्ट गर्नुहोस्