क्वारेन्टीनका सुरक्षा गार्डले गरे आत्मदाह

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

रूपन्देहीको क्वारेन्टीनमा सुरक्षागार्डको रूपमा कार्यरत एक युवाले मंगलवार आत्मदाह गरेका छन् ।

देवदह नगरपालिका–५ का २४ वर्षीय विपिन बस्यालले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्मदाह गरेका हुन् । 


Advertisement

बस्याल देवदहको शीत्तलनगरस्थित मगर संघको भवनमा रहेको क्वारेन्टीनमा सुरक्षागार्डमा काम गरिरहेका थिए । 

मंगलवार बिहान ३ बजेतिर उनले शरीरमा आगो लगाएका थिए । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए । शुरूमा देवदहकै मेडिकल कलेजमा उनको उपचार भएको थियो । 


Advertisement

उनी कोरोना महामारीपछि क्वारेन्टीनमै काम गरिरहेका थिए । उनले के कारणले आत्मदाह गरे भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्