मोदीले गरे राम मन्दिरको शिलान्यास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिरको शिलान्यास गरेका छन् । 

शिलान्यासअघि उनले पुष्पाञ्जली गरेका थिए । शिलान्याससँगै श्रीराम कीर्तन पनि गरिएको छ । 


Advertisement

‘यहाँ नौवटा इँटा राखिएको छ । यी इँटाहरू भगवान श्रीरामका भक्तहरूले सन् १९८९ मा संसारभरिबाट पठाएका थिए । यस्ता इँटा २ लाख ७५ हजार छन् र तीमध्ये जय श्रीराम कुँदिएको १०० वटा इँटा लिइएको छ,’ भूमिपूजन समारोहका अग्रणी पुजारीले बताए । 

भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट ८ सेकेन्डको शुभ समयमा शिलान्यास सम्पन्न भएको हो । मोदीले मन्दिरको शिला राख्दा जय श्रीराम र हर हर महादेव भनी मानिसहरूले भगवानको नाम लिएका थिए । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्