सिन्धुपाल्चोकमा सुख्खा पहिरो : १३ घर पुरिए, १५ जना पहिरोबाट आफैं निस्किए, अन्यको खोजी हुँदै

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा सुख्खा पहिरो जाँदा १३ घर पुरिएका छन् । 

हालसम्म १३ घर पुरिएको  जानकारी आएको जुगल गाउँपालिकाका योजना अधिकृत राम बाबु नेपालले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

हालसम्म १३ घर पुरिएको पुष्टि भएको छ, लोकान्तरसँग उनले भने, जसमध्ये ५ घरका परिवार सम्पर्क विहिन भएका छन् । 

उनका अनुसार, ५ घरमध्येबाट ३ घरका १३ जना सम्पर्कबिहीन भएका छन् ।  अन्य २ घरका परिवारसंख्या यकिन भइनसकेको उनले जानकारी दिए । 


Advertisement

उनले भने, '१५ जना मानिसहरू पहिरोबाट आफैं निस्किएका छन् । अहिले उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ ।'

हेलिकप्टर उद्दारका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको उनले जानकारी दिए । 

यता घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट सुरक्षाकर्मीहरू पठाइएको प्रवक्ता एवम् डीएसपी माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए । 

१८ किलोमिटर नै पैदल यात्रा गर्नुपर्ने हुँदा त्यहाँ पुग्न केही समय लाग्ने उनको भनाइ छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्