१६ असार २०८३, मंगलबार

बाँकेमा करेन्ट लागेर युवकको मृत्यु

भदौ १६, २०७७
बाँकेमा करेन्ट लागेर युवकको मृत्यु
प्रतिकात्मक तस्वीर

माछा मार्न गएका बाँकेका १ युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जंगल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आफ्नो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरूका कारण मंगलवार जमुनाह नाकामा केही समय अप्ठ्यारो स्थिति सिर्जना हुन पुग्यो । कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो । 

उनीहरूले भारत जानका लागि माग गरिरहेका थिए । ‘भारतमा राहत कार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकाबाट पठाइएको हो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने ।

salt training

कमेन्ट गर्नुहोस्