×

NMB BANK
NIC ASIA

सेवा प्रदायक कम्पनी भन्छन्- टिकटकले इन्टरनेट स्लो भयाे, ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै

भदौ २०, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन्।

Muktinath Bank

प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दाधेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए।


Advertisment
Nabil box
Kumari

'ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिस्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ,' उनले साउदले भने।

Vianet communication
Laxmi Bank

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने बताए। उनले कुनै बेला फेसबुक, युट्युब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गरे।

भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए। उनले भने, 'अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो।'

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहराको भनाइ छ। उनका अनुसार अहिले नेपालमा इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ, ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुनेछ ।

कोरोनाका कारण समस्या झनै बढ्दो

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ। विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु¥याउन हम्मे–हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ। 

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए। 'लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ, प्रायःजसो प्रयोगकर्ताकै कारणले पनि इन्टरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्,' सीईओ साउदले भने।  

उनका अनुसार कोरोनापछि गुगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको छ। मनोरञ्जनका लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह गरिएको छ।

सेवाप्रदायक मात्रै दोषि हैनन्: दूरसञ्चार विज्ञ खनाल
    
अन्तरक्रियामा सहभागी दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावबीच इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए।

महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको भए पनि नेपालले त्यसका लागि खासै पहल नगरेको धारणा व्यक्त गरे।

आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्न कयौं दिनयता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले गुणस्तर सुधारका लागि नीतिगत र व्यवहारिक काममा ध्यान दिनुपर्नेमा जोड दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x