×

NMB BANK
NIC ASIA

लक्षण देखिए मात्र परीक्षण !

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उपत्यकाबाहिरबाट आएकालाई घरबेटी र कार्यालयले जबर्जस्ती पीसीआर गराउन पठाएपछि स्वास्थ्य मन्त्रालयले मापदण्डविपरीत पीसीआर नगराउन प्रयोगशालाहरूलाई सचेत गराएको छ ।

Muktinath Bank

काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निःशुल्क पीसीआर गर्न रातै बिताएर लाम बस्न थालेपछि मन्त्रालयले उनीहरूलाई पीसीआरको सट्टा कोठामै १४ दिन क्वारेन्टाइनमा बस्न दिन घरबेटीहरूलाई आग्रह गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पीसीआर गर्न बाध्य बनाइएकाले राति–राति झरीमा रुझ्दै झेल्नुपरेको समस्याप्रति स्वास्थ्य मन्त्रालय दुखित छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘यात्रा गर्नेबित्तिकै पीसीआर गर्नुको कुनै औचित्य हुँदैन । यात्रा गरेर आएको दुई सातासम्म छुट्टै बस्नुपर्छ । यो अवधिमा कोरोनाको कुनै लक्षण देखियो भने मात्रै पीसीआर गर्न जानुस् । दुई सातामा लक्षण नदेखिए पीसीआर गर्नुपर्दैन ।’


Advertisment
Nabil box
Kumari

पीसीआर गराउन सार्वजनिक यातायातमा चढेर जाने र लाममा बस्दा अरूलाई सार्ने सम्भावना हुने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘हामी सबैसँग निजी ल्याबमा तिर्नुपर्ने शुल्क नहुन पनि सक्छ । त्यसकारण टेकुबाहेक वीर, टिचिङ, पाटनमा निःशुल्क पीसीआर गर्न पाइन्छ,’ उनले भने, ‘सरकारले तोकेको पीसीआर गर्ने दायरामा पर्नुभयो भने बिनाशुल्क परीक्षण गर्न देभभरिका २६ वटा ल्याब छन् ।’

कोठामा बस्नेलाई अनावश्यक दुःख नदिन मन्त्रालयले काठमाडौं उपत्यकाका घरधनीहरूलाई आग्रह गरेको छ । ‘हरेक मानिस तपाईंको परिवारका सदस्यजस्तै हुन् । सधैं पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न अनुरोध गर्दछु,’ शनिबारको बिफ्रिङमा गौतमले भने, ‘संक्रमितसँग भेट भएको ५ दिन नपुगी आएको पीसीआरको रिपोर्टले तपाईंको परिवारै जोखिममा हुन्छ । पीसीआर होइन घरमा एक्लै बस्ने वातावरण बनाइदिन आग्रह गर्दछौं ।’

कोरोनाको शंका लागेर आफ्नै खर्चमा पीसीआर गराउनु मापदण्डविपरीत भएको भन्दै यसलाई रोक्न मन्त्रालयले प्रयोगशालाहरूलाई पत्राचारसमेत गरेको छ । कोरोनाको शंका लागेका व्यक्तिले निजी र सरकारी प्रयोगशालामा शुल्क तिरेर आफूखुसी पीसीआर गराइरहेका छन् ।

मन्त्रालयले शुक्रबार देशभरिका प्रयोगशालालाई पत्राचार गरेर ‘नेसनल टेस्टिङ गाइडलाइन’ विपरीत अनावश्यक परीक्षण गर्ने र तोकिएकाबाहेकका व्यक्तिको परीक्षण गर्न अभिप्रेरित गर्नेलाई कारबाही हुने उल्लेख छ ।

निजी ल्याबमा शुल्क तिरेर मात्रै शुक्रबारसम्म १ लाख १ हजार ८ सय ६ जनाले पीसीआर गरिसकेका छन् । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न गृहलगायत अन्य मन्त्रालयमा सिफारिस गरिसकेको छ । ‘स्वास्थ्य मन्त्रालयको सिफारिस आएको छ,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने । शनिबारसम्म सक्रिय संक्रमित १८ हजार ३ सय ४१ छन् ।

मन्त्रालयले नेसनल टेस्टिङ गाइडलाइनमा परेका व्यक्तिलाई मात्रै पीसीआर गराउन प्रयोगशालाहरूलाई निर्देशन दिएको सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । ‘पीसीआर घटाउने भन्दा पनि जसको आवश्यक हो उसको मात्रै गराउनुपर्छ भन्ने हो,’ उनले भने ।

मन्त्रालयले कोभिड–१९ संक्रमणको लक्षण भएका सबै व्यक्ति (ज्वरो, सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद, गन्ध थाहा नपाउने, पखाला लागेका र संक्रमित व्यक्तिहरूको निकट सम्पर्कमा आएका) को ५ दिनपछि मात्रै पीसीआर गराउन निर्देशन दिइएको छ । त्यस्तै अकस्मात् श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरू, विदेशबाट फर्किएर कम्तीमा ५ देखि ७ दिन क्वारेन्टाइनमा बसेका, अग्रपंक्तिमा रहेर काम गर्नेहरू, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति र ६० वर्ष नाघेका व्यक्तिको मात्रै पीसीआर गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

चिकित्सकीय सल्लाहअनुसार शल्यक्रिया गर्नॅपर्ने व्यक्ति र सिकिस्त बिरामीहरूको डिस्चार्ज गर्नका लागि भने निःशुल्क पीसीआर गर्न सकिने मन्त्रालयले जनाएको छ । आफ्नो खर्चमा भने कूटनीतिक नियोग वा भिसा प्रयोजनका लागि पीसीआर गर्न सकिने मन्त्रालयले जनाएको छ । ‘सरकारले कोरोनाको पहिचान र उपचारको व्यवस्था निःशुल्क गरेको छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘अझ केही समय हामी सबैले थप मिहिनेत गर्नुपर्ने जरुरी छ । यस रोगको नियन्त्रण एवं रोकथामका लागि विगतमा हामीले गरेका प्रयासबाट सिक्दै नयाँ जीवनशैली अपनाउँदै आएका पनि छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x