मन्त्रिमण्डल पुनर्गठनमा अझै जुटेन सहमति

मन्त्रिमण्डल पुनर्गठनका बारेमा सहमति जुटाउन भन्दै प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटघाट छलफललाई निरन्तरता दिने गरी टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपराह्न भएको छलफलमा कुनै सहमति नजुटेको स्रोतको दाबी छ । सहमति जुटाउन भन्दै दुवै अध्यक्षबीच करीब ३ घण्टा छलफल भएको थियो ।


Advertisement

'छलफललाई निरन्तरता दिने गरी अध्यक्षद्वयको छलफल टुंगिएको छ,' स्रोतले लोकान्तरसँग भन्यो । सहमति जुटाउनकै लागि गत बिहीवारदेखि दुई अध्यक्ष निरन्तर छलफलमा जुटिरहेका छन् ।

गत भदौ ४ गते पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको सचिवालय बैठकमा सरकारका कामकारवाही प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न सहमति जुटेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्