मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
असोज १३, २०७७
बझाङको मस्टा गाउँपालिका– २ की सम्झना कामीको हत्या अरोपमा पक्राउ परेका सोही गाउँपालिका खिकालाका २० वर्षीय राजेन्द्र बोहोराले यसभन्दा अगाडि पनि १४ वर्षीया बालिकालाई बलात्कार गरी गुपचुप रूपमा मिलापत्र गरेको खुलेको छ ।
गत असार २६ गते मस्टा गाउँपालिका– २ कै कक्षा ५ मा पढ्ने १४ वर्षीया किशोरीलाई बलात्कारपछि गुपचुप मिलापत्र गरी घटना मिलाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताए ।
‘हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहोराले यसभन्दा आगाडि पनि १४ वर्षीया बालिकालाई बलात्कार गरेको र स्थानीयहरूले गुपचुप मिलापत्र गरेको खुल्न आएको छ,’ डीएसपी खड्काले भने ।
दोस्रो घटनामा संलग्न भएको थाहा पाएपछि १४ वर्षीया ती बालिकाले आफैं उपस्थित भई उनका आफन्तले किटानी जाहेरी दिएको डीएसपी खड्काले लोकान्तरलाई बताए ।
खड्का अनुसार ती बालिकाका आफन्तले दिएको जाहेरीमा मिलापत्र समेत संलग्न छ ।
मिलापत्रमा यदि गर्भ रहेको खण्डमा गर्भको जिम्मा राजेन्द्र बोहोराले लिने भन्ने उल्लेख गरिएको छ ।
मिलापत्रमा ‘ती किशोरीको पेटमा बच्चा रहेको भए त्यसको जिम्मेवारी लिउँला भनेर यो काजमा हस्ताक्षर गरेको छु,’ भनेर लेखिएको छ ।
साउन २६ गते बेलुका अन्दाजी ५ बजेको समयमा खिकालाकै पानी घट्टमा खाद्यन्न पिस्न गएको समयमा बलात्कार गरेको आरोप सहितको किटानी जाहेरी हिजो (आइतवार) दिएको डीएसपी खड्काले लोकान्तरलाई बताए ।
गाउँमा भएको मिलापत्रको बारेमा स्थानिय जनप्रतिनिधिलाई जानकारी नभएको मस्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले दाबी गरे ।
‘अघिल्लो घटनामा स्थानीय जनप्रतिनिधि कसैलाई जानकारी थिएन । दोस्रो घटना भएपछि मात्र प्रहरीमा जाहेरी आएकाले थाहा पाएका हौं,’ अध्यक्ष कठायतले भने ।
गाउँका हरेक आपराधिक घटनामा संलग्न थिए बोहोरा
गाउँमा हुने हरेक घटनामा राजेन्द्र बोहोरा संलग्न हुने गरेको पाइएको छ । मस्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतका अनुसार गाउँमा हुने चोरी डकैती, महिलामाथिका दुव्र्यवहार लगायतका घटनामा राजेन्द्र संलग्न हुने गर्दथे । उनी पटक–पटक प्रहरी चौकीमा परिसकेका छन् ।
अपराध गरेर समय–समयमा भारत भाग्ने र फेरि केही समयपछि फर्किएपछि फेरि अपराधमा लाग्ने गरेको अध्यक्ष कठायतले बताए ।
गाउँमा रुखबाट लडेर मृत्यु भएका एक बालकको हत्या पनि आफूले गरेको भन्दै गाउँका अन्य बालबालिकालाई धम्क्याउने, पैसा लुट्ने, कानका मुन्द्राहरू लुट्ने लगायतका अपराधमा यसभन्दा अगाडि पक्राउ समेत परेको अध्यक्ष कठायतले जानकारी दिए ।
हजुरआमासँग बस्थिन् मृतक सम्झना
बलात्कारपछि हत्या भएकी १२ वर्षीया सम्झना कामी गाउँमा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।
बुवा र आमा रोजगारीका लागि भारतमा रहेकाले घरमा हजुरआमा, एक भाइ र सम्झना मात्रै बस्ने गरेको मस्टा गाउँपालिका– २ का वडाध्यक्ष शेरबहादुर खड्काले बताए ।
‘उनी गाउँमा भाइ र हजुरआमासँग बस्दै आएकी थिइन् । बाउआमा कमाउन भारत गएका छन्,’ वडाध्यक्ष खड्काले लोकान्तरसँग भने ।
खान लगाउन समस्या हुने भएकाले सम्झनाका बुवाआमा नै भारतमा रोजगारी गर्दै आएको खड्काले बताए ।
यस्तो थियो घटना
बुधवार (असोज ७ गते) गाइवस्तुलाई घाँस हाल्न दिउँसो करीब ४ बजेको समयमा गएकी सम्झना नफर्किएपछि स्थानीयले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा मस्टा गाउँपालिका– २ सिममाडौं मन्दिरनजिकै अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् । फेला परेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा सम्झनाको शव अर्धनग्न अवस्थामा थियो ।
करीब डेढ सय मिटर पर उनले बोकेको डोको र नाम्लो खोल्सामा भेटिएको थियो । प्रहरीले घटनाको प्रकृतिलाई हेर्दा हत्या भएको निष्कर्ष निकाल्दै थप अनुसन्धान थाल्यो ।
अनुसन्धानकै क्रममा सोही गाउँका राजेन्द्र बोहोराले बलात्कारपछि हत्या गरेको तथ्य खुल्न आयो । अर्को दिन बोहोरालाई प्रहरीले पक्राउ गर्यो ।
बोहोरालाई पक्राउ गरेपछि उनीविरुद्ध आफन्तले किटानी जाहेरी दिए । त्यसलगत्तै अर्को घटना बाहिरियो । साउनमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको घटना स्थानीयले गाउँमै गुपचुप मिलापत्र गराएका थिए ।
अहिले बोहोराविरुद्ध अर्को जाहेरी आएको जिल्ला प्रहरी कार्यलय बझाङका डीएसपी रूपक खड्काले बताए ।
सम्झना कामीको पोष्टमार्टमा रिपोर्टले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।
उनका अनुसार सम्झनाको टाउको, यौनाङ्गवरपर र यौनाङ्गको भित्री भागमा समेत चोट लागेको उल्लेख छ । उनको मृत्युको कारण भने कलेजोमा लागेको चोट भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
परिवारले अहिलेसम्म पनि शव बुझ्न मानेका छैनन् । दोषीलाई कारवाही नभएसम्म शव नउठाउने अडान पीडित परिवारको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...