२१ असार २०८३, आइतबार

सामाजिक संजालको प्रयोग गरी लाखौं रकम ठगी गर्ने महिला प्रहरीको फन्दामा

सामाजिक संजालको प्रयोग गरी लाखौं रकम ठगी गर्ने महिला प्रहरीको फन्दामा

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना–११ स्थित सालझण्डी घर भई हाल काठमाडौंको चन्द्रागिरी बस्ने सीता भुसाल रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 
डा जामोस सोनार, जेम्स एन्डी जस्ता नामको फेसबुक बनाएर उनले विभिन्न व्यक्तिलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै उनले आफू बेलायती नागरिक रहेको बताउने गरेकी थिइन् । 

यस्तै उनले एक व्यक्तिलाई बिहे गर्ने आश्वासन दिँदै  जन्म दिनको अवसरमा सरप्राइज गिफ्ट को रुपमा सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौ रकम ठगी गरेको उजुरी प्रहरीमा परेपछि भुसालको वास्तविकता खुलेको हो ।
भुसाललाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

कमेन्ट गर्नुहोस्