रक्षामन्त्रीको हैसियतमा सेनाको पृतनापति सम्मेलनमा ओलीको सम्बोधन

रक्षा मन्त्रालयसमेत आफैंले राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार नेपाली सेनाको पृतनापति सम्मेलनलाई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट पृतनापति सम्मेनललाई सम्बोधन गरेका ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


Advertisement

गत बुधवार मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय आफैंले सम्हाल्ने गरी कार्यविभाजन गरेका थिए ।

रक्षामन्त्रीको हैसियतमा ओलीले पहिलोपटक पृतनापति सम्मेलनलाई सम्वोधन गरेका हुन् । पृतनापति सम्मेलनमा मुलुकको शान्ति सुरक्षा, कोभिडका कारण उत्पन्न संकट लगायतका विषयमा कुरा हुने सैनिक स्रोतले जानकारी दियो ।


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्