×

NMB BANK
NIC ASIA

कर्णाली विवाद समाधानका बारेमा ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

कात्तिक २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कर्णालीमा देखिएको विवादबारे प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओलीको सरकारीनिवास बालुवाटार पुगेका छन् ।

Muktinath Bank

आइतवार अपराह्न सवा ४ बजेतिर प्रचण्ड बालुवाटार पुगेका हुन् । छलफल कर्णालीमा देखिएको समस्या समाधानमा केन्द्रित रहने बालुवाटार स्रोतको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिमण्डल पुनर्गठनमा ओलीसँग असन्तुष्ट देखिएका अध्यक्ष प्रचण्ड र ओलीबीच केहीदिन यता संवादहीनताको स्थिति पैदा भएको थियो ।


Advertisment
Nabil box
Kumari

एक साता अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध 'छापामार' शैलीमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि उत्पन्न राजनीतिक हलचल अझै साम्य भएको छैन ।

Vianet communication
Laxmi Bank

नेकपा कर्णाली प्रदेशका सहइन्चार्जसमेत रहेका प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यसपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी लिन भनेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यमन्त्री शाही, कँडेल, सचेतकबाट हटाइएका गुलाबजंग शाह, चन्द्रबहादुर शाही लगायतका नेताहरूलाई काठमाडौँ बोलाए । उनीहरू काठमाडौँ आएको पनि ४/५ दिन भइसक्यो ।

यसबीचमा उनीहरूलाई अध्यक्ष प्रचण्डले दुई समूहमा बिहीवार र शुक्रवार भेट दिएका थिए भने शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त रूपमा ओलीसँग बैठक बस्यो ।

कर्णालीबाट आएका नेताहरूलाई दुवै अध्यक्षले छुट्टाछुट्टै भेट गरेर परिस्थितिको जायजा लिए । तर विवाद समाधानको ठोस विषयवस्तुबारे कुनै सहमति भएको छैन ।

शनिवार बालुवाटारमा अध्यक्ष प्रचण्डलाई पनि बोलाइएको तर उनले बालुवाटार जान अनिच्छा देखाएका थिए । ओलीले दुई अध्यक्षबीच छलफल र कुराकानी गरेपछि विवाद समाधान हुने भन्दै नेताहरूलाई आश्वस्त पारे ।

'अध्यक्ष ओलीले तपाईंहरू अहिले नजानुस, विवाद समाधान भएपछि जानुहोला भनेर भन्नुभयो,' चन्द्रबहादुर शाहीले लोकान्तरसँग भने, 'अहिले हामी काठमाडौँ नै छौं । केही न केही लिएर जान्छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x