
रुपन्देहीको भैरहवास्थित एभरेष्ट आयल सप्लायसमा टयाङ्करबाट पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ । लुु २ ख १५४१ नम्बरको टयाङ्करबाट डिजेल खन्याउने क्रममा आगलागी भएको हो ।
आगलागीबाट जलेर ट्याङ्कर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडकबहादुुर खत्रीले जानकारी दिए ।
सोमबार साँझ साढे सात बजेको समयमा एक्कासी टयाङ्करमा आगलागी भएको थियो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका दमकलले आगो निभाइएको थियो । समयमा आगलागी नियन्त्रणमा आएकाले पम्प आगलागी हुुनबाट जोगिएको खत्रीले बताए ।
टयाङ्करको ३० हजार लिटर डिजेल जलेर नष्ट भएको बताइएको छ ।