कांग्रेस प्रवक्ताको प्रश्न : जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने प्रधानमन्त्रीज्यू ?

सरकारले सबै कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता शर्माले जनताले कर तिर्दिनँ भने कसरी धान्ने भनेर प्रश्न गरेका छन् ।


Advertisement

उनले लेखेका छन्, ‘उपचार गर्दिनँ’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिनँ’ भने कसरी धान्ने सम्माननीय प्रधानमन्त्रीज्यू ? उपचार निःशुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् ! जय नेपाल !’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्