×

NMB BANK
NIC ASIA

निरंकुश शासकहरूप्रति डोनल्ड ट्रम्प किन यति आसक्त ?

कात्तिक ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

किम जोङ उनसँग उनी प्रेममा परे, भ्लादिमिर पुटिनलाई उनी प्रशंसा गर्छन् र रेचेप तैयिप एर्दोआनलाई उनी साथी भन्छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले निरंकुश शासकहरूको अग्घोर प्रशंसा गर्दा साझेदारहरू छक्क परेका छन् र लोकतान्त्रिक मूल्यमान्यताप्रति ट्रम्पको आस्थामा प्रश्न उठाउने गरेका छन् । 

Muktinath Bank

तर ट्रम्पको कार्यकाल सकिएपछि अमेरिकाका परम्परागत मित्रताहरू पुनःस्थापित हुने अपेक्षा विश्लेषकहरूले गरेका छन् । ट्रम्पले निरंकुश शक्तिप्रति मोह देखाएको भए पनि त्यो व्यक्तिगत कुरा भएको र परराष्ट्रनीतिमा आधिकारिक परिवर्तन नआएको उनीहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनी कमजोरीसँग अति नै डराउँछन्,’ मिशिगनमा रहेको ओकल्यान्ड विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक पिटर ट्रम्बोर बताउँछन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकालाई फेरि महान् बनाउने प्रतिज्ञाका साथ चुनाव जित्नुअघि नै ट्रम्पले सत्ताको शक्तिप्रतिको आकर्षण व्यक्त गर्ने गरेका थिए । 

Vianet communication
Laxmi Bank

सन् १९९० मा प्लेबोय पत्रिकालाई अन्तर्वार्ता दिँदै ट्रम्पले शीतयुद्ध अन्त्य गर्न योगदान गर्ने सोभियत नेता मिखाइल गोर्भाचोभ लोकतन्त्रसमर्थक प्रदर्शनकारीमाथि कठोर नबनेको भनेका थिए । 

त्यसको तीन दशकपछि उनी निरंकुश शासकहरूलाई प्रशंसा गर्छन् भने लोकतान्त्रिक साझेदार क्यानडा र जर्मनीको आलोचना गर्छन् । 

आफूलाई निरंकुश शासकहरू मन पर्ने भनी उनले पत्रकार बब वूडवर्डसँगको अन्तर्वार्तामा बताए । उनीहरू जति कठोर र छुच्चा हुन्छन्, आफूलाई उनीहरूसँग घुलमिल हुन त्यति सजिलो लाग्ने उनको कथन छ । 

सन् २०१७ मा उनले किम जोङ उनलाई चेतावनी दिँदै अमेरिकालाई फुच्चे रकेट पुरुषले जोखिममा पारेमा आगो बर्साउने भनेका थिए । तर त्यसको दुई वर्षपछि उनले उत्तर कोरियाको ऐतिहासिक भ्रमण गरे । 

ट्रम्पले किमसँग वार्ता गरेकोलाई प्रशंसा गरिएको भए पनि किमले आफ्नो देशका लागि महान् र सुन्दर भिजन बनाएको भनी ट्रम्पले गरेको टिप्पणीलाई धेरैले गिल्ला गरे । 

चीनका सम्बन्धमा पनि उनको सन्देश परिवर्तन भइरहने गरेको छ । उनले व्यापार र कोभिड–१९ को संक्रमणका विषयमा चीनप्रति कठोर दृष्टिकोण अपनाउने गरेका छन् तर चीनका राष्ट्रपति सी चिनफिङका लागि चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकालको सीमा हटाइदिएको कुराको प्रशंसा गरे । 

‘उनी जिन्दगीभरिका लागि राष्ट्रपति भए । यो गजब हो,’ ट्रम्पले भने । 

केही मानिसले उनको यो टिप्पणी मजाकमा गरिएको भने पनि उनले टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनप्रति व्यक्ति गरेको न्यानोपनसँग यो ठ्याक मिल्छ । आफ्ना शक्तिहरू क्रमशः बढाउँदै लगेका एर्दोआनलाई ट्रम्पले साथी भन्ने गरेका छन् । 

तर रुसका राष्ट्रपति पुटिनसँगको उनको सम्बन्धले सबभन्दा बढी ध्यान खिच्ने गरेको छ । अझ सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई फाइदा पुग्ने गरी मस्कोले हस्तक्षेप गरेको दाबी छ यद्यपि रुसले यसलाई अस्वीकार गर्ने गरेको छ । 

सन् २०१८ मा पुटिनसँगको एक शिखर सम्मेलनमा ट्रम्प पूर्व गुप्तचर पुटिनप्रति नतमस्तक भएको पाइयो । त्यतिखेर उनले चुनावमा हस्तक्षेपको आरोपमा एफबीआई भन्दा पुटिनको कुरा पत्याउने बताए अनि पुटिन एकदमै बलियो भएको बताए । 

‘उनी एर्दोआन वा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान जस्ता लोकतान्त्रिक विधिले छानिएका राष्ट्रपतिहरूले लोकतान्त्रिक संस्थालाई उपयोग गरेर मुलुकलाई नरम निरंकुश शासन बनाएको देख्छन् । ट्रम्पलाई अमेरिकामा त्यसै गर्न मन छ ।’
 

जर्जटाउन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक चार्ल्स कुपचानले निरंकुश शासकहरूप्रति ट्रम्पको सहृदयतालाई ईर्ष्याको भावसँग जोडेर हेरेका छन् । अनि उनलाई कठोर पुरुषत्वप्रति पनि लगाव छ । 

पुटिनले छाती देखाएर घोडामा चढेको र वास्तविक पुरुष जस्तो देखिएको उनी मन पराउँछन्,’ कुपचानले बताए । 

ट्रम्पले लामो समयदेखिका शत्रुहरूसँग सम्बन्ध विकसित गरेर अमेरिकालाई थप सुरक्षित बनाएको भनी उनको सरकारले तर्क गर्ने गरेको छ । 

तर उनको यो दृष्टिकोणले परिणाम देखाउन बाँकी रहेको विश्लेषकहरू बताउँछन् । 

पेरिसमा इन्स्टिच्युट फर स्ट्राटेजिक रिसर्चमा अमेरिकी विज्ञका रूपमा रहेका मउड केसार्ड ट्रम्पले आफ्ना मतदाताहरूलाई आफू बलियो छु भनी सन्देश दिन खोजेको बताउँछन् । 

आफूलाई असाधारण सम्झौताकारी भनी प्रस्तुत गर्ने ट्रम्पसँग कूटनीतिक सफलताका लागि आवश्यक धैर्यको कमी रहेको कुपचानको भनाइ छ । 

‘कुनै पनि तयारी नगरिकन दुई नेता बसेको भरमा कूटनीतिक ब्रेकथ्रू आउँदैनन् । कठोर मेहनत र तयारीपछि त्यस्ता ब्रेकथ्रू आउने हुन् ।’

‘उत्तर कोरियाका सन्दर्भमा त्यस्तो केही देखिएन । त्यसैले त्यो निष्फल भयो ।’

युरोपसँग अमेरिकाको सम्बन्ध चिसिँदै गयो । ट्रम्पले युरोपेली संघ परित्याग गर्ने बेलायतको निर्णयलाई स्वागत गरे अनि उक्त संघ अमेरिकाबाट फाइदा लिनका लागि मात्र बनाइएको दाबी गरे । 

दक्षिण अफ्रिकामा रहेका पूर्व अमेरिकी कूटनीतिकर्मी ब्रूक्स स्पेक्टरले ट्रम्पको दोस्रो कार्यकालले अन्तर्राष्ट्रिय मञ्चमा थप अन्योल ल्याउने बताएका छन् । 

‘अमेरिकी नीतिका लक्ष्यहरू के हुन् ? अपेक्षा के हुन् ? इरान र रुसबाट अनि चीनसँगको व्यापार युद्धबाट अमेरिकाले वास्तविकतामा के अपेक्षा गरेको हो ?’

‘अमेरिकाले ठ्याक्कै के चाहेको हो भन्ने विषयमा अन्य मुलुकहरू रनभुल्ल परेका छन् । मानिसहरू रणनीति वा योजना खोजिरहेका छन् तर सजिलै भेटिरहेका छैनन् ।’

एएफपीमा प्रकाशित विश्लेषण 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x