२२ असार २०८३, सोमबार

आचार संहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको व्यापक प्रयोग

कात्तिक २०, २०७४
आचार संहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको व्यापक प्रयोग

काठमाडौं २८ वैशाख– निर्वाचन आचार संहिता विपरीत विभिन्न राजनीतिक दलले चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेका पाइएको छ ।

विद्यालय छुट्टी भएपछि विदामा घर बसेका बालबालिका राजनीतिक दलको चुनावी र्याली र सभामा खुलेआम प्रयोग गरिएका हुन् । स्थानीय तह निर्वाचनको तयारी स्वरुप सरकारले २५ गतेदेखि सार्वजनिक विदा दिएको छ ।



नेकपा एमालेले काठमाडौंको फर्पिङमा बुधवार आयोजना गरेको चुनावी कार्यक्रममा १० वर्ष मुनिका नाबालकसमेत टाउकोमा रातो फेटा बानेर हिँडेका देखिए ।



नेपाली कांग्रेसले दक्षिणकाली क्षेत्रमा गरेको कार्यक्रममा बालबालिकाहरू कांग्रेसको झण्डा समाएर अग्रपंत्तिमा नारा लगाइरहेका थिए ।



केन्द्रीत तहमा राजनीतिक दलले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएपनि स्थानीय स्तरमा व्यापक प्रयोग भइरहेको छ ।



राजनीतिक दलका स्थानीय नेताहरूले विद्यालय विदामा बालबालिका आफ्नै रहरले दलका कार्यक्रममा आउने गरेको बताए ।



निर्वाचन आचारसंहिताले भने चुनावमा बालबालिकाको प्रयोगलाई बर्जित गरेको छ । निर्वाचन आचारसंहिता –२०७२ को संशोधित आचारसंहिता –२०७३ को परिच्छेद २ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सामान्य आचरण (४) को (ड) मा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने,’ उल्लेख छ ।



बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत चुनावमा बालबालिकाको प्रयोग नगर्न ध्याानकर्षण गराउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्