३० असार २०८३, मंगलबार

काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न

कात्तिक २०, २०७४
काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौँ, ९ पुस - नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको प्रथम राष्ट्रिय सम्मेलनको ११ बुँदे काठमाडौँ घोषणापत्र जारी समापन भएको छ ।treasure congress

सम्मेलनले संविधान संशोधनमार्फत २०७४ को माघ ७ भित्र स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गर्नैपर्नेमा जोड दिएको छ । घोषणापत्रमा पार्टीको विधान र नियमावलीमा उल्लेख भएको काम कर्तव्यलाई लागू गर्न, आर्थिक स्रोत सङ्कलन, परिचालनका अतिरिक्त साङ्गठनिक सुदृढीकरणमा कोषाध्यक्षको भूमिकालाई विधानमा समावेश गर्न जोड दिइएको छ ।

पार्टीका जिल्ला अधिवेशनबाट निर्वाचित सचिव र कोषाध्यक्षलाई पदेन महाधिवेशनका सदस्यका रुपमा रहने व्यवस्था मिलाउन, पार्टीभित्रको गुटउपगुट अन्त्य गर्न, पार्टीको जिम्मेवारी योग्य र सक्षमलाई दिन आग्रह गरेको छ ।

यसैगरी, सम्मेलनमा गर्न पार्टीको सदस्यता प्रणालीलाई वैज्ञानिक, व्यावहारिक र पारदर्शी बनाउन तल्लो तहसम्म प्रशिक्षण गोष्ठी सञ्चालन गर्नुपर्ने, पार्टी लेवीलाई कडाइका साथ लागू गराउनुपर्ने, राजनीतिलाई सम्मानित एव्म मर्यादित बनाउनुपर्नेलगायतका विषयलाई सम्मेलनले पारित गरेको छ ।

यस्तै, २०७४ वैशाखमा विराटनगरमा गोष्ठी गर्ने र अब हरेक वर्ष सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जारी गरेका राजनीतिक दल कार्यान्वयनका लागि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको ‘प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन’को आज भएको बन्दसत्रमा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनको जिम्मा संविधान निर्माण गर्ने राजनीतिक दलको काँधमा रहेको बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले संसदीय प्रणाली विश्वमा परिपक्व प्रणालीका रुपमा स्थापित हुँदै गएको बताउँदै विश्वका धेरै मुलुकले संसदीय प्रणालीलाई पछ्याएको बताउनुभयो । उहाँले भन्नुभयो – “संसदीय लोकतन्त्रका विरुद्ध प्रहार हुँदा अहिलेसम्म व्यवस्थाको टुङ्गो लाग्न नसकेको हो ।”

“नेपालसँगै छिमेकी मुलुक भारत र चीनमा आएको परिवर्तनपछि छिमेकी मुलुकले विकास गरे तर नेपालले गर्न सकेन यो दुःखद कुरा हो” – उहाँले भन्नुभयो

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सिद्धान्त राम्रो भएको तर पार्टीको मूल्य मान्यताका आदर्शमा हिँड्न नसकेका कारण पार्टी पछाडि परेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेसको सिद्धान्तमा पार्टीलाई हिँडाउन सकेमात्र पार्टीको विजय सुनिश्चित भएको दाबी गर्नुभयो । पार्टीभित्र त्याग र कामका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसेमात्र गुट उपगुट समाप्त हुँदै जाने र एकता कायम हुने स्पष्ट पार्नुभयो ।

बन्दसत्रमा नेपाली काँग्रेसका नेता एवम् गृहमन्त्री विमलेन्द्र निधि, पूर्व अर्थमन्त्री डा रामशरण महत, केन्द्रीय सदस्य कमला पन्त, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेललगायतले प्रशिक्षण दिनुभएको थियो ।

सो सत्रमा जिल्लाको पार्टी सञ्चालनका लागि अर्थ सङ्कलन र पार्टीका क्रियाशील सदस्यबाट उठाउने लेवीलगायतका विषयमा छलफल भएको नेपाली काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

सम्मेलन समापनका अवसरमा नेता प्रकाशमान सिंहले संविधान संशोधन गरी निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “हिमाल, पहाडका जनताले माग उठाउँदा त्यो नेपालीको माग हुने तर तराई–मधेसका जनताले माग उठाउँदा त्यो नेपालीको माग कसरी हुँदैन भनी प्रश्न गर्नुभयो ।” रासस

salt training

कमेन्ट गर्नुहोस्