२९ जेठ २०८३, शुक्रबार

१६ वर्षपछि फरार अभियुक्त राजधानीको तीनकुनेबाट पक्राउ

कात्तिक १६, २०७७
१६ वर्षपछि फरार अभियुक्त राजधानीको तीनकुनेबाट पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक, चौतारा घर भई भक्तपुर कौशलटार बस्ने ४५ वर्षीय हरिबहादुर श्रेष्ठ छन् ।

उनीविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०६१ मा सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।  खोजी अभियानका क्रममा महाशाखाको टोलीले उनलाई आज १६ वर्षपछि पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि उनलाई आजै सिन्धुपाल्चोक पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्